२३ बैशाख, एजेन्सी ।

चर्चित युवा पप गायक जस्टिन बीबर ७ मेमा कन्सर्टका लागि भारतको मुम्बईमा आउँदैछन् । कन्सर्टको होस्टका लागि अभिनेता शाहरुख खाना र सलमान खानबीच होडबाजी मच्चिएको खबर सुन्नमा आएको छ ।

ह्वाइट फक्स इन्डियाद्धारा आयोजना गर्न लागिएको  कन्सर्टका लागि बीबर आफ्नो ‘पर्पज टुर’को माध्यमबट ८ मेमा मुम्बई आइपुग्ने छन् । खबरलाई मान्ने हो भने, कन्सर्टको होस्ट’को लिस्टमा भारतका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीको नाम पनि समावेश छ । १० मे का दिन मुम्बईस्थित डीभाई पाटील स्टेडियममा बीबरको कन्सर्ट हुनेछ ।

होस्टलाई लिएर विवाद मात्रै होइन, अभिनेत्रीबीच पनि तछाड–मछाडको स्थिति सृजना भएको छ । आगामी फिल्म ‘हाफ गर्लफ्रेन्ड’ र ‘मेरी प्यारी बिन्दु’का टिमबीच पनि कन्सर्टमा प्रस्तुती दिनेलाई लिएर होड–बाजी चलको छ । दुवै फिल्मका निर्माताहरु बीबर मञ्चमा पुग्नअघि आ–आफ्नो फिल्म प्रमोसन गर्न चाहान्छन् । तर, कन्सर्ट आयोजकहरुले भने उनीहरु कन्सर्टको ‘एक्सक्लूसिभ फिल्म प्रमोशन पार्टनर’ बनुन भन्ने चाहान्छन् ।

सबैभन्दा रोमाञ्चक कुरा के छ भने दुवै फिल्मका अभिनेत्री श्रद्धा कपूर र परिणीति चोपडा पनि कन्सर्टमा भाग लिन चाहान्छन् । यता कन्सर्ट आयोजक भने दुई भने एकलाई मात्र कन्सर्टमा भाग लिन सक्ने बताएका छन् । यसै कारण दुई अभिनेत्रीबीच झगडासमेत भएको बताइएको छ । दुवैलाई आ–आफ्नो आगामी फिल्म प्रचार गर्न योभन्दा राम्रो अवसर हुन नसक्ने थाहा छ ।