२३ मंसिर, काठमाडौं ।

नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले भारतसंग विगतमा भएका असमान सन्धी सम्झौता खारेज गर्न सरकारसंग माग गरेका छन् ।

भारतीय हस्तक्षेप तथा नाकाबन्दीका विरुद्ध जुध्न, देशलाई तत्कालीन तथा दीर्घकालीन दुवै दृष्टिले आत्मनिर्भर बनाउनु उपयुक्त बेला भएको भन्दै वैद्यले भारतसितका सबै असमान सन्धि–सम्झौता खारेज गर्न सरकारसंग माग गरेका हुन् ।

mohan baidya

अध्यक्ष वैद्यद्धारा जारी विज्ञप्तीमा देश भयावह सङ्कटमा फँस्दै गइरहेको अवस्थामा मधेसी तथा थारूसहित माग सम्बोधन गर्न सरकार गम्भीर बन्नु पर्ने उल्लेख गर्दै भारतीय नाकाबन्दीको कारण जनजीविकाका समस्या निकै जटिल बनेको बताएका छन् ।

राजेन्द्र महतो र महेन्द्र राय दिल्लीमै भूल्ने, उपेन्द्र र महन्थ फर्किँदै

पेट्रोलियम पदार्थ, इन्धन, ग्यास आपूर्तिको जटिलता र अभावको कारण यातायात, शिक्षा, स्वास्थ्य, दैनिक चुलो चौको, होटल र उद्योग व्यवसाय बेहाल र ठप्प बन्ने स्थितिमा छन् ।

दिल्लीबाट के लिएर फर्किँदैछन् मधेशी मोर्चाका नेताः अवको सम्भावित राजनीतिक कोर्स

त्यसमाथि झन् कालाबजारीले गर्दा जनता पूरै आहत र पीडित बनेका छन् । अब देश महामन्दी र आर्थिक तथा मानवीय रूपमा भयावह सङ्कटको भुमरीमा फँस्दै छ, वैद्यले भनेका छन् ।