२१ असार, काठमाडौं ।

उपत्यकामा भूकम्पपछि आत्महत्याका घटना बढेका छन् । फागुन र चैतको तुलनामा वैशाख र जेठमा आत्महत्या गर्ने बढेको महानगरीय प्रहरी कार्यालयको विवरण छ ।

प्रहरीका अनुसार उपत्यकामा फागुनमा २६ जना तथा चैतमा २८ जनाले आत्महत्या गरेका थिए । १२ वैशाखको भूकम्पयता वैशाखमा ३६ जना तथा जेठमा ३१ जनाले आत्महत्या गरेका छन ।

suicide

छोराछोरीलाई सँधै गाली गर्ने अभिभावकको बानीले छोराछोरी गुम्ने खतरा रहेको प्रहरीको अध्ययनले जनाएको छ । प्रहरीका अनुसार वैशाख र जेठमा उपत्यकामा आत्महत्या गर्ने ६७ मध्ये पाँचजनाले अभिभावककै गालीका कारण आत्महत्या गरेका छन् ।

किशोर अवस्थामा छोराछोरीलाई गाली गर्दा उनीहरुले आत्महत्या गर्ने प्रवृत्ति देखिएको प्रहरी अनुसन्धानमा उल्लेख छ । अभिभावकले राम्रो उद्देश्यले गाली गरे पनि छोराछोरीमा त्यसकै आवेगमा आत्महत्या गर्ने मनोविज्ञान देखिएको प्रहरी अधिकारीहरु बताउँछन् । आजको नयाँ पत्रिकामा खबर छ ।