एजेन्सी।

सन् १९५० देशकसम्म उत्तर कोरिया एसियमा सबैभन्दा अधिक उद्योग भएको देशहरु मध्येको एक थियो। तर आज उसको अर्थव्यवस्था धरासायी छ।

आफ्ना नागरिकको जीवन जोखिममा भएको यस्तो समयमा उत्तर कोरियाको अमेरिका र अन्य देशहरुसंग खिचातानी चलिरहेको छ। यो तनाव परमाणु कार्यक्रम र लामो दुरीको मिसाइल विकास गर्नको लागि हो।

यो पढ्नुस्: अमेरिकी सेना एकै क्षणमा समाप्त पार्नसक्ने हतियार आफुसंग भएको रुसको दाबी

उत्तर कोरियाले आफ्नो संस्थापक राष्ट्रपति किम इल-सुङको १०५ औँ जन्मजयन्तिमा राजधानी प्योङयाङमा आयोजित परेडमा आफ्नो सैन्य क्षमताको प्रदर्शन गरेको थियो।

जसमा नयाँ इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइल र पनडुब्बीको प्रदर्शन गरिएको थियो। यसको भोलीपल्टै उत्तर कोरियाले आफ्नो एक मिसाइलको परीक्षण गरेको थियो, जुन परीक्षण दक्षिण कोरिया र अमेरिकाको अनुसार असफल रह्यो।

उत्तर कोरियाले अघिल्लो पाँच वर्ष देखि परमाणु परीक्षण र मिसाएल परीक्षण गर्दै आएको छ।

मिसाइल क्षमता

उत्तर कोरियासंग एक हजार वटा भन्दा बढी अलग-अलग क्षमताका मिसाइल भएको मानिन्छ। जसमा यस्ता मिसाइल पनि छन्, जो अमेरिकालाई निशाना बनाउन सक्छन्।

उत्तर कोरियाको मिसाइल क्षमताबारे विस्तृतमा पढ्नुस्: अमेरिका ध्वस्त गर्न सक्छ उत्तर कोरियाली मिसाइल, यस्तो छ उत्तर कोरियाको मिसाइल क्षमता

विश्वका केही देशले यस्तो विकसित र महंगो प्रविधि विकसित गर्न सकेका छन्।

आउनुस् जानौं, आफ्नो मिसाइल कार्यक्रमको लागि उत्तर कोरिया कति अनि कहाँबाट पैसा खर्च गर्छ।

पहिलो कुरा, यसको लागि विदेशी मुद्राको जरुरत पर्छ।

कयौँको यस्तो मान्यता छ कि उत्तर कोरियाले धेरै विदेसी प्रविधी हासिल गरेको छ। जसमा केही सैन्य आवश्यकताको लागि प्रयोगमा छ।

उत्तर कोरिया विश्का त्यस्ता केही देशहरु मध्ये एक हो जसको अर्थव्यवस्थामा त्यहाँको केन्द्रीय सरकारको नियन्त्रण छ।

अर्थव्यवस्थाको आकार

अमेरिकी गुप्तचर एजेन्सी सीआईएको वेबसाइटको अनुमान अनुसार उत्तर कोरियाको वार्षिक बजेट ४० अर्ब डलर बराबर छ।

उत्तर कोरयाको कुल निर्यात करिब पौने चार अर्ब अमेरिका डलरको छ। उत्तर कोरिया खनिज, धातुबाट बनेका सामान, युद्धका बन्दोबस्तका सामान, कपडा, कृषि उत्पादन र माछा निर्यात गर्छ।

तर प्रश्न यो छ कि ल्याटिन अमेरिकी गरिब देशको जस्तो अर्थव्यवस्था भएको देश परमाणु कार्यक्रमको लागि खर्च कसरी उठाउन सक्छ ?

उत्तर कोरियाको प्रति वक्ति क्रयशक्ति करिब १८०० अमेरिकी डलर छ। यसमा उत्तर कोरिया २३० देशको सूचीमा २०८ औँ स्थानमा पर्छ।

भोकमरी पछि सुध्रियो अवस्था

उत्तर कोरियामा सन् १९९० को दशकमा ठूलो भोकमरी आएको थियो। यसबाट निस्कन त्यहाँ अर्थव्यवस्थालाई निकै समय लाग्यो।

सन् २००९ सम्म उत्तर कोरियाको लागि कठिन समय थियो । यो समयसम्म उसलाई अन्तराष्ट्रिय समुदायबाट भरपुर खाद्य सहयोग आएको थिएन।

अहिले उसको घरेलु कृषि उत्पादनमा सुधार आएको बताइन्छ।

अब प्रश्न यो हो कि उत्तर कोरियाको उत्पादनको ग्राहक को हुन ?

चीन उत्तर कोरियाको मुख्य राजनीतिक सहयोगी हो । चीनले उत्तर कोरियाको कुल उत्पादनको ५४ प्रतिशत किन्ने गरेको छ। त्यस्तै दोस्रो स्थानमा अल्जेरिया छ, जसले उत्तर कोरियाको ३० प्रतिशत सामान किन्छ।

यसको साथै उत्तर कोरियाको निर्यातको १६ प्रतिशत हिस्सा दक्षिण कोरियालाई जान्छ।

छिमेकीसंग तनाव

उत्तर कोरियाको छिमेकी देश दक्षिण कोरियासंगको टकराव निकै पुरानो हो। दोस्रो विश्वयुद्ध पश्चात विश्वका कुनै दुई छिमेकी देशबीच यस्तो टकराव अन्त देखिएको छैन। यस‍ो हुँदा हुँदै पनि दुवै देशले आफ्नो आर्थिक हितलाई प्राथमिकतामा राखेका छन्।

दक्षिण कोरियाको लगानी उत्तर कोरियाको विदेशी मुद्राको महत्वपूर्ण स्रोतमध्येको एक हो।

दक्षिण कोरियाको सबैभन्दा महत्वपूर्व लगानी केसांग इन्डस्ट्रियल कम्प्लेक्समा भएको थियो।

तर अहिले यसको भविष्य अध्यारोमा परेको छ। बुधबार दक्षिण कोरियाली सरकारले उत्तर कोरियाले गरेको मिसाइल परीक्षण पश्चात दुवै देशबीच बढेको तनाव मध्यनजर गर्दै यसमा आफ्नो सहभागिता स्थगित गरेको बताएको छ। दक्षिण कोरिया चाहँदैन कि यो इन्डस्ट्रियल कम्प्लेक्सबाट उत्पादिन संसाधन उत्तर कोरियाको सैन्य परियोजनामा खर्च होस्।

यसको साथै केही देशहरुले उत्तर कोरियामाथी लगाएको आर्थिक प्रतिबन्धको कारण पनि उसको अर्थव्यवस्था कमजोर हुनेछ। सबैभन्दा ताजा प्रतिबन्ध जापानले लगाएको छ।

यसरी हेर्दा, नेता किम जोङ उन जबसम्म आफ्नो नागरिकबाट त्यागको आशा गर्छन्, तबसम्म उत्तर कोरियाले आफ्नो सैन्य क्षमता विस्तार गर्न खर्च जुटाउन सक्ने अनुमान लगाउन सकिन्छ।