सरकारले मधेशी दलहरुको माग सम्बोधन गर्न भन्दै ५ नम्बर प्रदेशको हेरफेर सहित नयाँ संसोधन प्रस्ताव दर्ता गरेपछि यसको पक्ष र विपक्षमा बहस चलिरहेको छ । सरकारले ल्याएको प्रस्तावको प्रतिपक्षी एमालेले देश टुक्र्याउने प्रस्ताव भन्दै उग्र विरोध गरिरहेको छ भने मधेशवादी दलहरुले समेत यसलाई अस्वीकार गरेपछि सरकार अफ्ठेरोमा परेको छ ।

भिषण आक्रमणः साउदी सेनाको अखडा ध्वस्त

नयाँ सीमाङ्कन सहितको सीमाङ्कनले पहाडबाट तराइ छुट्टाउने र देश नै टुक्राउने खेल भैरहेको भन्ने एमालेको आरोपकाबीच चलिरहेको बसहबारे हामीले सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोसँग कुरा गरेका छौं । महतोसँग गरिएको कुराकानीको संपादित अंशः

फाइल तस्बिर

फाइल तस्बिर

सरकारले ल्याएको संविधान संशोधन प्रस्तावप्रति मोर्चाका आपत्ति किन ?
–हाम्रो माग सम्बोधन नहुने प्रस्ताव स्वीकार गर्न सकिन्न । मोर्चाको माग पूरा गर्न ल्याइएको संविधान संशोधन विधेयकमा हामीले उठाएको एजेण्डा नै समावेश भएको छैन् । सीमाकंनमा मोर्चाको माग सम्बोधन नै भएको छैन ।

मधेसमा दुई प्रदेश हुनुपर्छ भन्ने तपाईहरुको माग त पुरा भयो नि होइन ?
–हामीले राज्य पुर्नसंरचना आयोगले गरेको सिफारिस अुनसार दस प्रदेश भनेका हौं । दस प्रदेश नबनाएसम्म अहिलेको समस्या समाधान हुँदैन । अहिले त सात प्रदेशभित्र नै समस्याको समाधान खोज्न गरी ल्याएको छ । यसले समस्याको समाधान हुँदैन । समस्या बल्झाउछ ।

सरकारले ल्याएको संविधान संशोधन विधेयकको प्रमुख प्रतिपक्ष दल एमालेको पनि विरोध तपाईहरुले पनि अस्वीकार गर्दा अब के हुन्छ ?
–यो सरकारले नै जान्ने कुरा हो । हाम्रो सहमतिमा मात्र प्रस्ताव ल्याउनु पर्दथ्यो । सरकारले त्यो किन ल्याउन चाहेन ।

यो विधेयकले त एमालेले देश नै टुक्रिन्छ भनेर आन्दोलन सुरु भइसक्यो नि ?
–एमाले यो देशको गैरजिम्मेवार पार्टी हो । देश र जनताको हित भन्दा पनि पार्टीको हितमा मात्र एमालेले निर्णय गर्दै आएको छ । जनतालाई अधिकार नदिने अभियानको नेतृत्व एमालले गरेको छ । संघीयता हुन नदिने जनतालाई अधिकार नदिने एमालेको दम्भले देश टुक्रिन्छ । एमालेको कारण देश टुक्रिन्छ । राष्ट्रवादको मुखुण्डो ओढेर जनतालाई भ्रम सृजना गर्ने योजनामा एमाले लागेपनि यो अभियान सफल हुन सक्दैन । आफू सरकारमा रहदा संविधान संशोधन संशोधन गर्छु भनेर तम्सिने अहिले प्रस्ताव आउदा ओली बुरुक्क उफ्रिन मिल्छ ?

तर यसरी त एमालेले संविधान संशोधन प्रस्ताव ल्याउने बताएको थियो र ?
–कारणवंश ओली नेतृत्वको सरकार ढल्यो । म सँगै नै ओलीले पटक–पटक मधेसको माग पूरा गर्नको लागि संविधान संशोधन गर्छु भनेर भनेकै हो । ओलीले यसको व्यवस्थापन गर्न सकेनन । एमाले दुई जिब्रे पार्टी हो । एमालेकै कारण देशमा भाडभैलो सुरु भएको छ ।

प्रधानमन्त्री प्रचण्डले त मोर्चाको सहमतिमा संविधान संशोधन प्रस्ताव ल्याएको बताएका छन । तपाईहरुको विरोध किन ?
–यो प्रचण्डको पनि अतिवाद हो । संविधान तीन वटा दल मिलेर ल्याएका हुन् । तीन वटै दल मिलेर अहिलेको समस्याको समाधान खोज्नु पर्छ । यस्थितिमा यो संविधान संशोधन प्रस्ताव स्वीकार गर्न सकिदैन ।

अब मोर्चाले के गर्छ ?
गल्ती गरेर ल्याएको विधेयक पुनः सच्याएर ल्याउनु पर्छ । सकेसम्म हामी आन्दोलनमा जान नपरोस भन्नेमा छौं । हाम्रो माग पूरा भएन भने आन्दोलनमा जानुको अर्को विकल्प छैन ।

यो पनि पढ्नुस् 

एमालेको कारण लोकमान विरुद्धको महाअभियोग प्रस्ताव धरापमा !

अन्त्यमा… मुसु मुसु हाँस्दै सँगै निस्के प्रचण्ड र ओली