१७ मंसिर, एजेन्सी ।

यमनी क्षेत्रबाट भएको आक्रमणमा परी साउदी अरवमा सेनाको अखडा ध्वस्त भएको छ ।

आश्चर्यजनक तथ्याङ्क सार्वजनिकःभक्तपुरमा ८ हजार यौनकर्मी महिला

साउदी सेनाले आफ्नो देशमा गरिएको सैनिक कारवाहीको जवाफमा यमनी क्षेत्रबाट भएको आक्रमणमा साउदी अरवको दक्षिणी क्षेत्रको सैनिक अखडा ध्वस्त भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

saudi-attacked

फार्स समाचार एजेन्सीका अनुसार साउदी अरवको दक्षिणी नजरान क्षेत्रमा रहेको हम्माद सैनिक छाउनीमा आक्रमण भएको हो । आक्रमणमा सैनिक अखडा ध्वस्त भएको बताइएको छ ।

यमनी सेनाका निशानेवाजहरुले जिजान भन्ने स्थानमा रहेको सैनिक अखडामा पनि थुप्रै सैनिकको ज्यान जाने गरी भिषण आक्रमण गरेका छन् । उता साउदी सेना र स्वयं सेवकहरुले पनि जवाफ हमलामा १० आक्रमणकारी निशानेवाजको मृत्यु भएको बताइएको छ ।

साउदी राजपरिवारले संसारसँग लुकाएका ७ कुरा, राजाले आफ्नै छोरीलाई पनि छोडेनन्

यमनको सेनाले पूर्वोत्तर सनआ र नेहम सहरमा साउदी एजेन्टले गरेको आक्रमण विफल तुल्याएका छन् । यही कारवाहीमा साउदी अरवका १० एजेन्ट मारिएका छन् ।

एमालेको भनाइप्रति कांग्रेसका मधेशी सांसदको कडा आपत्ति

आक्रमण र प्रत्याक्रमणबीच भिषण युद्ध चर्किने संकेत देखिएपछि यमनको मामिला हेर्ने राष्ट्रस्घीय विशेष दुत इस्माइल बलद शेखले राजिनामा दिइसककेका यमनी राष्ट्रपति मन्सुर हादीसँग कुराकानीका लागि अदन पुगेका छन् ।

साउदी दुई शहरमा निशाना बनाएर हानियो मिसाइल !