सरकारले संघीय प्रदेशको सीमाङ्कन हेरफेरसहित संसदमा संसोधन प्रस्ताव दर्ता गराएको छ । सरकारको पछिल्लो प्रस्तावले खासगरी प्रदेश नम्बर ५ मा ब्यापक विरोध भएको छ ।

सरकारले ल्याएको प्रस्ताव पारित हुने नहुने अझै टुंगो छैन तर यसको विरुद्धमा प्रतिपक्षी दलहरुले सडक र सदन तताउने भएका छन् । शुरु देखि संघीयताको विरोध गर्दै आएका राष्ट्रिय जनामोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई हेडलाइन्सले सोध्यो अव के हुन्छ? केही दिन अघि माइक्रोबसबाट खसेर आराम गरिरहेका चित्रबहादुर केसीसँग गरिएको कुराकानीको सम्पादित अंश ।

फाइल तस्बिर

फाइल तस्बिर

अध्यक्ष, राष्ट्रिय जनामोर्चा

सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन विधेयकलाई कसरी लिनु भएको छ ?
–यो निकै षडयन्त्रमूलक ढंगले आएको प्रस्ताव हो । मधेसी मोर्चाको माग पूरा गर्ने नाममा प्रायोजित एजेण्डालाई संविधान संशोधन प्रस्तावमा ल्याइएको छ । यो नेपाल र नेपाली जनताको हितमा छ्रैन् । ग्रेनडिजाइनमा ल्याइएको प्रस्ताव असफल हुन्छ । देशमा सबै दलाली र विदेशीको इशारामा नाच्नेहरु मात्र छैनन् । देशभक्तहरु पनि छन् ।

तपार्ईले त सुरु देखि नै संघीयताको विरोध गर्दै आउनु भएको छ नि किन ?
–संघीयता भनेको क्यान्सर हो । क्यान्सरले सबै शरीर नै खान्छ । यो आयातित संघीय नामको क्यान्सर खुर्किएर नफालेसम्म अहिलेको भाडभैलो र समस्या समाधान हुँदैन । अमेरिका लगायतका देशहरुमा संघीयता आवश्यकता थियो । छरिएर रहेका भूभागलाई एकीकृत गर्न जरुरी थियो र संघीयता सफल भयो । तर हाम्रो देशमा संघीयताको आवश्यक नै होइन । हाम्रो देशलाई समृद्धि बनाउने योजना हामीले नै बनाउन हो । हाम्रो देशको स्रोत र साधनको प्रयोग हामीले गर्ने हो । तर युरोपिय युनियनको तालमा नाचेर देश कहाँ पुग्छ ? आयातित संघीयतको अर्थ छैन् । युरोपियन युनियन संघीयताको नाममा नेपालमा फुट ल्याएर भेडा चराएर खान पल्किएको कसलाई थाहा छैन ।

फाइल तस्बिर

फाइल तस्बिर

प्रधानमन्त्री प्रचण्डले त संविधान संशोधन प्रस्ताव दुई तिहाई बहुमतबाट पारित हुन्छ भनिसक्नु भो अब विरोधको के अर्थ ?
–विदेशी शक्तिले प्रचण्ड मार्फत नै यो काम गर्न सकिन्छ भनेर रातारात ओली नेतृत्वको सरकार ढालेर प्रचण्डलाई प्रधानमन्त्री बनाएका हुन् । कुर्सी जोगाउन प्रचण्ड विदेशीको एजेण्डा मान्न तयार भए । प्रचण्डले चाहदैनमा यो प्रस्ताव पास हुँदैन । प्रस्ताव असफल बनाउन सबै लाग्ने बेला आएको छ । दुई तिहाई कसरी पुग्छ ? मनको डड्डू घिऊसँग खाएर हुन्छ ।

अहिलेको प्रस्तावले समस्या समाधान हुन्छ भने तपाईहरुले पनि समर्थन गर्नु पर्ने होइन ?
–यो प्रस्तावले समस्या समाधान होइन । समस्या झन बढाउछ । अहिले नै पाँच नम्बर प्रदेशबाट पहाडी जिल्लालाई अगल गराउने प्रस्तावको विरुद्ध आगो बलिसक्यो । जनताको चाहना र भावना विपरीत भएको निर्णय कसले मान्छ भन्या ? पाँच नम्बर प्रदेशबाट अलग गराउने मधेसवादी दलका पछाडि उभिएका शक्तिको योजना सफल भएको छ । तर नेपाली जनताले यो अदृष्य शक्तिको योजना सफल हुन दिदैनन । कांकरभिट्टादेखि महेन्द्रनगसम्म पहाडी जिल्लालाई नमिसाइकन प्रदेश बनाउने कुराको शसक्त रुपमा विरोध हुन्छ ।

तराईबाट अलग गराउने पाँच नम्बरबाट छुटयाइएको पहाडी जिल्लाका सांसदहरुको भूमिका अब के हुन्छ त ?
–अब सांसदको पाइन देखिन्छ । खुट्टी कतिको बलियो रहेछ भन्ने वास्तविक परीक्षाको घडी सुरु भएको छ । देश र जनताको विरोधमा आएको प्रस्तावको पक्षमा उभिन्छन नि विपक्षमा उभिन्छन थाहा भइहाल्छ नि ? पाँच नम्बर प्रदेशबाट अगल गराईका पहाडी जिल्लाका सांसद मात्र होइन । देशभक्त भन्ने सांसदहरुले समेत परीक्षाको घडी सुरु भएको छ ।

नेपालमा संघीयता नहुने तपाईको आधार के हो ?
–राष्ट्रिय जनमोर्चाले सात बर्षदेखि नेपालमा संघीयता हुनु हुँदैन भनेर प्रष्ट रुपमा भन्दै आएको छ । नेपालको सन्दर्भमा संघीयता गलपासो नै भइसक्यो । मिलेर बसेका समुदायको बीचमा फाटो ल्याउने संघीयता नेपालमा काम छैन भनेको हो । देशलाई चाहिएको विकास र समृद्धि हो । विदेशीको इसारामा ल्याइएको आयातित संघीयता होइन । राज्यको पुर्नसंरचा गर्ने बहानामा संघीयताको राष्ट्रघाती एजेण्डा घुसाएर देशलाई विखण्ड गर्ने खेल भइरहेको छ । संघीयताको नाममा नेपाललाई टुक्राटुक्रा पारेर सिक्किमीकरण गर्ने खेल हो ।

तपाईको पार्टीले अब के गर्छ ?
–हाम्रो पार्टीले सरकारले ल्याएको संविधान संशोधन प्रस्तावको शसक्त रुपमा विरोध गर्छ । सरकारले ल्याएको प्रस्तावको विरुद्ध संसदमा खरो ढंगले उत्रिन्छ । सडक आन्दोलनमा उत्रिन्छ । यो प्रस्ताव असफल बनाउनको लागि आन्दोलनरत शक्तिसँग सहकार्य गरेर अगाडि बढ्छ ।

यो पनि पढ्नुस् 

रामकुमारी झाँक्रीले मुख छाडेपछि प्रचण्ड पुत्रको पाठ

भिडन्त हुने निश्चितः संसोधनको विरोधमा एमालेको निर्णय

मजदुर किसान पार्टीको निष्कर्ष- भारतको निर्देशनमा संसोधन प्रस्ताव

संसोधनको विरोध गर्नेलाई प्रचण्डले दिए मुखभरीको जवाफ