कुशल श्रेष्ठ

महिनावारी महिलाहरूको लागि कहिले खुसी बनेर आउँछ भने कहिले दुःख बनेर। विभिन्न कारणले गर्दा अधिकांश महिलाहरूको महिनावारीको समयचक्रमा घटबड त भैरहेकै हुन्छ, साथै त्यसले मानसिक तथा शारीरिक पीडा पनि दिने गर्दछ।

“केटिहरूको कुरा बुझ्नै सकिँदैन” भनिन्छ, तर उनीहरूको कुरामात्रै होइन, पुरै शारीरिक तथा मानसिक अवस्था नै यति रहस्यमय हुन्छ कि उनीहरू आफैले बुझिराखेका हुँदैनन्। रजस्वलाचक्र पनि यस्तै रहस्यमय प्रक्रिया हो, जुनलाई ट्र्याक गर्न एकदमै गाह्रो- कहिले समयमै हुन्छ, कहिले ढिलोचाँडो।

त्यसैले आफ्नो रजस्वला चक्रलाई ट्र्याक गरिराख्नु भनेको आफ्नो जीवनचक्रलाई ट्र्याक गर्नु हो, र तपाईँको यो कर्ममा प्रविधिले मद्दत गर्न सक्दछ। अहिले एण्ड्रोइड र आइफोनको लागि थुप्रै ‘रजस्वला एप’हरू बनेका छन्, जसमा तपाईँको शरीरलाई मापन गर्ने डाटाहरू हुन्छन्। तपाईँले यस्ता एपको सहायताबाट रजस्वला चक्रको बारेमा थुप्रै जानकारीहरूलाई ट्र्याक गर्न सक्नुहुनेछ। रजस्वलासँग सम्बन्धित कारकतत्वहरू जस्तै शरीरमा ऊर्जाको मात्रा, निन्द्राको गुणस्तर, खानामा रुचि, शरीरको तापक्रमलगायत रजस्वलाको कारण तपाईँको कपालमा परेको प्रभावलाई समेत यी एपहरूले ट्र्याक गरेर तपाईँलाई देखाउन सक्दछ।

(महिला स्वास्थ्य: यो महिनामा रजस्वला रोक्कियो? यस्ता छन् कारण…)

तपाईँको रजस्वलाचक्रलाई ट्र्याक गर्न मद्दत गर्ने उत्कृष्ट एपहरू यसप्रकार छन्:-

१. क्लू (Clue)

जर्मननिर्मित ‘क्लू’ एप रजस्वला एपहरूमध्येको सबैभन्दा उत्कृष्ट एप हो। विश्वभरीमा यसको करीब २५ लाख प्रयोगकर्ताहरू छन्। यो एपमा ३१ वटा कोटिहरू छन्, जसले तपाईँको रजस्वलाचक्रको प्रत्येक दिनलाई ट्र्याक गरिरहन्छ। यस एपले महिलाहरूलाई प्रत्येक दिन निन्द्राको समय, योनीबाट निस्कने रगत र डिस्चार्जको विवरण अनि कपाल झरेको छ वा छैन भन्ने बारेमा पनि विवरण दिन प्रोत्साहन गर्दछ। थकाई कत्तिको लागेको छ? रिस उठेको छ कि दुःख लागेको छ कि खुसी महशुस भएको छ? क्लूले यस्ता मानसिक व्यवहारलाई समेत रेकर्ड गर्न प्रोत्साहन गर्दछ। यी सबै डाटाहरूलाई केलाएर यस एपले कुनै निश्चित समयावधिमा तपाईँको शरीरले कस्तो प्रतिक्रिया देखाएको छ र कस्तो देखाउनेछ भनेर ‘एनालाइसिस’ ट्याबमा देखाउँदछ।Period Tracker App 'Clue'

‘क्लू’ एण्ड्रोइड र आइओएस दुवैमा उपलब्ध छ।

(महिला स्वास्थ्य: यौनसम्पर्कको लागि उचित समय)
२. ग्लो (Glow)

‘ग्लो’को रङ्गीचङ्गी र सल्लाह-उन्मुख इन्टरफेस अधिकांश महिलाको पहिलो रोजाईँ हुन सक्छ। यसको fertility feature र आफ्नो जीवनसाथीसँग विस्तृत विवरण सेयर गर्न मिल्ने क्षमताको कारण गर्भधारण गर्न चाहने महिलाहरूको लागि यो एप उत्तम हुन सक्छ। यो एपको लञ्च भएको वर्षदिनमा २० हजार महिलाहरूलाई गर्भधारण हुन सहयोग गरेको एपले दाबी गरेको छ।Period Tracker App- 'Glow'

‘ग्लो’ एण्ड्रोइड र आइओएस दुवै प्लाटफर्मको लागि उपलब्ध छ।

(स्तनपान गराउनुअघि गर्भवती महिलाले यी कुरा जानिराख्नुपर्दछ…)
३. ईभ (Eve)

‘ईभ’ को निर्माण पनि ‘ग्लो’कै निर्माणकर्ताहरूले गरेका हुन्। तर यी दुई एपमा फरक के छ भन्दा, ग्लो गर्भधारण-उन्मुख छ भने ईभ गर्भनिरोधक-उन्मुख रहेको छ। यसले यौन गतिविधी र रजस्वलाचक्रलाई ट्र्याक गर्दछ। प्रयोगकर्ताहरूले हरेक चोटि यौन सम्पर्क गर्दा यौन सम्पर्कको प्रकार, गुणस्तर र आनन्दको गुणस्तरलाई समेत रेकर्ड गर्न पाउँदछन्।Period Tracker App- 'Eve'

साथै यसले विभिन्न प्रकारका गर्भनिरोधक साधनहरूको बारेमा पनि विस्तृत जानकारी दिने गर्दछ।

यो एप एण्ड्रोइड र आइओएस दुवै स्मार्टफोनको लागि उपलब्ध छ।
(पुरुषलाई भन्दा महिलालाई बढि निन्द्राको आवश्यकता- खोजको नतिजा)
४. पिरियड ट्र्याकर (Period Tracker)

जस्तो नाम, उस्तै काम! यदि तपाईँलाई दिनदिनै सबै विवरण रेकर्ड गरिराख्ने फुर्सद छैन अथवा झ्याउ लाग्छ भने यो एप तपाईँको ठीक हुन सक्छ। तपाईँले केवल रजस्वलाको पहिलो र अन्तिम दिनमा रेकर्ड गरे पुग्दछ। यसको क्यालेण्डरमा तपाईँले आफ्नो रजस्वलाचक्रको समयावधि, उर्वरावधि र रजस्वला हुनुभन्दा पहिला र पछि देखिने शारीरिक तथा मानसिक लक्षणहरूको बारेमा पनि हेर्न सक्नुहुन्छ।Period Tracker App- 'Period Tracker'

‘पिरियड ट्र्याकर’ एण्ड्रोइड र आइओएस दुवैमा उपलब्ध छ।

(महिलाले खानै पर्ने ६ खाना)