सिराह,२ चैत । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको चोहर्वामा मोटरसाईकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ ।

नरहा गाउँपालिका ३ चोहर्वामा शनिबार बिहान करिब १० बजेतिर भएको दुर्घटनामा घाइते भएका १८ वर्षीय अजय कुमार ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी नायव उपरीक्षक सुकदेव खनालका अनुसार घाइते ठाकुरलाई मिर्चैयास्थित मङ्गलम हस्पिटलमा उपचार गरी थप उपचारका लागि विराटनगर लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

पूर्वबाट पश्चिमतर्फ तीब्र गतिमा जाँदै गरेको ज. १२ प ६६४९ नम्बरको मोटरसाईकल अनियन्त्रि भई दुर्घटना हुँदा ठाकुर गम्भिर घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतक ठाकुर सिरहाको नरहा गाउँपालिका ३ पानबारीका स्थायी बासिन्दा हुन् ।