भगवान शङ्कर भक्तालुहरूको प्रार्थनाबाट छिट्टै नै प्रसन्न हुन्छन्। यसै कारण उनलाई ‘भोलेनाथ’ वा ‘आशुतोष’ पनि भनिन्छ। हिन्दु धर्मका विभिन्न ग्रन्थहरूमा भोलेनाथका कैयौँ स्तुतिहरू छन्, तर ‘श्रीरामचतिरमानस’को एक चौपाई ‘रुद्राष्टकम’मा उल्लेखित स्तुतिबाट भगवान शिव चाँडै नै प्रसन्न हुने विश्वास गरिन्छ।

‘रुद्राष्टकम’ स्तुति एकदमै भावुक र मधुर वाणीमा रचिएको छ। यसकारण नै शिवका भक्तहरू यो स्तुतिलाई याद गर्छन् र पूजाको समयमा सस्वर पाठ गर्छन्।Lord Shiva, Lordess Parvati, Lord Ganesha

‘रुद्राष्टकम’ स्तुति र यसको भावार्थ यस प्रकार रहेको छः
नमामीशमीशान निर्वाणरूपं। विभुं व्यापकं ब्रह्मवेदस्वरूपम्॥
निजं निर्गुणं निर्विकल्पं निरीहं। चिदाकाशमाकाशवासं भजेऽहम्॥१॥

(हे मोक्षरूप, विभु, व्यापक ब्रह्म, वेदस्वरूप ईशानदिशाका ईश्वर र सबका स्वामी शिवजी, म हजुरलाई नमस्कार गर्छु। निज स्वरुपमा स्थित, भेदरहित, इच्छा रहित, चेतन, आकाश रूप शिवजी म हजुरलाई नमस्कार गर्छु।)

निराकारमोङ्कारमूलं तुरीयं। गिराज्ञानगोतीतमीशं गिरीशम्।
करालं महाकालकालं कृपालं। गुणागारसंसारपारं नतोऽहम्॥२॥

(निराकार, ओमकारका मूल, तीनै गुणको अतीत वाणी भएका, ज्ञान र इन्द्रियहरूबाट पर रहेका, कैलाशपति, भीषण, महाकालको पनि काल, कृपालु, गुणको धाम परमेश्वर, हजुरलाई म नमस्कार गर्छु।)

तुषाराद्रिसंकाशगौरं गभीरं। मनोभूतकोटिप्रभाश्री शरीरम्॥
स्फुरन्मौलिकल्लोलिनी चारुगङ्गा। लसद्भालबालेन्दु कण्ठे भुजङ्गा॥३॥

(जो हिमाञ्चल जस्तै गम्भीर छ, जसको शरीरमा करोडौँ कामदेवहरूका ज्योती एवम् शोभा छ, जसको शिरमा सुन्दर नदी गंगाजी विराजमान छन्, जसको लटामा द्वित्तीयाको चन्द्रमा र गलामा सर्प सुशोभित छ…)

चलत्कुण्डलं भ्रूसुनेत्रं विशालं। प्रसन्नाननं नीलकण्ठं दयालम्॥
मृगाधीशचर्माम्बरं मुण्डमालं। प्रियं शङ्करं सर्वनाथं भजामि॥४॥

(जसको कानमा कुण्डलले शोभा पाइरहेको छ, सुन्दर भृकुटी र विशाल नेत्र छ, जो प्रसन्न मुख, नीलकण्ट र दयालु छ। सिंह चर्मको वस्त्र धारण गरेका र मुण्डमाला लगाएका, शङ्करजी यस्ता हजुरको म सदा भजन गर्छु।)

प्रचण्डं प्रकृष्टं प्रगल्भं परेशं। अखण्डं अजं भानुकोटिप्रकाशं॥
त्रय: शूलनिर्मूलनं शूलपाणिं। भजेऽहं भवानीपतिं भावगम्यम्॥५॥

(प्रचण्ड, श्रेष्ठ तेजस्वी, परमेश्वर, अखण्ड, अजन्मा, करोडौँ सूर्यको प्रकाश समान भएका, तीनै प्रकारका शूललाई निर्मूल गर्नेवाला, हातमा त्रुशूल धारण गरेका, भावद्वारा प्राप्त हुनेवाला भवानीका पति श्री शङ्करजी हजुरको म सदा भजन गर्छु।)

कलातीतकल्याण कल्पान्तकारी। सदा सज्जनानन्ददाता पुरारी॥
चिदानन्दसंदोह मोहापहारी। प्रसीद प्रसीद प्रभो मन्मथारी॥६॥

(कलाहरूबाट सम्पूर्ण, कल्याण स्वरूप, प्रलय गर्नेवाला, सज्जनहरूलाई सदा आनन्द दिनेवाला, त्रिपूरासुरको शत्रु, सच्चिदानन्दघन, मोहलाई हरण गर्नेवाला हे प्रभू, प्रसन्न हुनुहोस्, प्रसन्न हुनुहोस्।)

न यावद् उमानाथपादारविन्दं। भजन्तीह लोके परे वा नराणाम्।
न तावत्सुखं शान्ति सन्तापनाशं। प्रसीद प्रभो सर्वभूताधिवासं॥७॥

(जबसम्म मनुष्यले श्रीपार्वतीजीका पतिको चरणकमलको भजन गर्दैनन्, तबसम्म उनलाई न त यस लोकमा न त परलोकमा सुख-शान्ति मिल्नेछ। र अनेकौँ कष्टहरूबाट पनि छुट्कारा पाउनेछैनन्। हे समस्त जीवको हृदयमा निवास गर्नेवाला प्रभू, प्रसन्न हुनुहोस्।)

न जानामि योगं जपं नैव पूजां। नतोऽहं सदा सर्वदा शम्भुतुभ्यम्॥
जराजन्मदुःखौघ तातप्यमानं। प्रभो पाहि आपन्नमामीश शंभो॥८॥

(मैले न त योग जानेको छु, न त जप न त पूजा नै। हे शम्भो, म त सदा-सर्वदा हजुरलाई नै नमस्कार गर्छु। हे प्रभू! बुढ्यौलीपन तथा जन्मका दुःखसमूहबाट जलिरहेको म दुःखीको दुःखबाट रक्षा गर्नुहवस्। हे शम्भो! म हजुरलाई कोटि कोटि प्रणाम गर्छु।)

रुद्राष्टकमिदं प्रोक्तं विप्रेण हरतोषये॥
ये पठन्ति नरा भक्त्या तेषां शम्भुः प्रसीदति॥९॥

(जो मनुष्य यस स्तोत्रलाई भक्तिपूर्वक पढ्छन्, उनीमाथि शम्भु विशेष रूपले प्रसन्न हुन्छन्।)

यो पनि हेर्नुहोस्-
मनले चाहेको जीवनसाथी पाउने मन्त्र…
शनिवारको दिन यी ७ वस्तुको किनबेच गर्नु अशुभ मानिन्छ

भगवान शिवका १०८ नाम, जानौँ तिनका अर्थ र महत्व

पशुपतिनाथको मन्दिरको बारेमा ११ रोचक तथ्य- भगवान शिवको नाम ‘पशुपतिनाथ’ कसरी हुन पुग्यो?
शिवजीलाई चढाउनै नहुने यी ५ पवित्र वस्तु