यो मौसममा रुखाखोकी, ज्वरो, घाँटी दुख्ने जस्ता बिमारी फैलिएका छन्। यी स-साना भाइरल भइरहने रोगहरुको लागि घरमै उपचार सम्भव छ। यहाँ केही घरेलु खानेकुराको बारेमा चर्चा गरिएको छ जसले यी रोगहरुबाट बचाउँछ।fever runny nose 20196779

१. १०० ग्राम अदुवा धुलो बनाउनुस्। दुई तिन चम्चा मह त्यसमा मिसाएर पेस्ट बनाइ दिनको दुइ पटक दुई-दुई चम्चा खानुस्।

२. एक कप पानीमा २-४ ल्वाङ, २-४ कालो मरिच अनि एक टुक्रा अदुवा हालेर उमाल्नुस्। अनि एक-एक चम्चा कागतीको रस र मह मिसाएर दिनको २-३ पटक पिउनुस्।

यो पढ्नुस: गर्मीमा शितलताका साथै स्मरण शक्ति बढाउने महका ५ अचुक शूत्र…

३. गाँजर नियमित खानुस्। यसमा भिटामिन ए, सी र एन्टीअक्सीडेन्टसले निकै फाइदा पुर्याउँछ। गाँजरको रसमा २ चम्चा मह मिसाएर दिनको ३-४ पटक खानुस्।

यो पढ्नुस्: रक्तचाप तथा रतन्धोको लागि गाँजर! गाँजरका अन्य ७ फाइदा

४. दुई चम्चा अंगुरको रसमा दुई चम्चा मह मिसाएर दिनको तीन पटक पिउनुस्।

५.हिंङमा थोरै पानी मिसाएर पेस्ट बनाउनुस्। यसलाई छातीमा लगाएर ओढ्ने ओढेर सुत्नुस्। आधा चम्चा हिगंको धुलो, १ चम्चा अदुवाको धुलो र दुई चम्चा मह मिसाएर दिनको ३-४ पटक खानुस्।

६. बिहान उठेपछि काँच्चो लसुनको ३-४ केस्रा चपाएर खानुस्। यसको एन्टी ब्याक्टेरियल विशेषता कफ र खोकी निकोपार्न सहयोगी हुन्छ।

७. मनतातो दुधमा केही दाना मरिच र एक चम्चा मह मिसाएर सुत्ने समयमा पिउनुस्।

८. खुर्सानी अनि मसाला भएको खानाले पनि जम्मा भएको कफबाट मुक्ति दिलाउँछ।

यो पढ्नुस्: मुटुरोग तथा क्यान्सरबाट बचाउँछ नेपाली मरमसलाले

९. तातो सूप (चिकेन वा खसी) पिउनुस्।