कुशल श्रेष्ठ

‘गाँजर’ संसार भरि नै बढि प्रयोग गरिने र बढि मन पराइने ‘जरामा फल्ने’ फल हो। यसलाई फलाउन सजिलो र विभिन्न प्रकारका खानाहरूमा प्रयोग गर्न सकिने भएकोले नै अधिकांशले मन पराउने गर्दछन्। यो सामान्यतया सुन्तला रङ्गको हुन्छ, तर सेतो, वैजनी, रातो र पहेँलो रङ्गको गाँजर पनि पाइन्छ। गाँजरको जरालाई मूख्य फल मानिन्छ भने, यसको सागलाई पनि सलादको रूपमा प्रयोग गरिन्छ।

गाँजरले कोलेस्ट्रोलको मात्रा घटाउने, हृदयघातबाट बचाउने, आँखा तेजिलो बनाउने अनि केी प्रकारका क्यान्सरहरूलाई रोकथाम गर्ने गर्दछ। यसबाहेक, गाँजरले छालाको स्वास्थ्यमा सुधार ल्याउने, प्रतिरक्षा शक्तिलाई बढाउने, पाचन प्रक्रियामा सुधार ल्याउने , मुटुको स्वास्थ्यमा सुधार ल्याउने, शरीरभित्र रहेका अशुद्ध हटाउने अनि मुखको स्वास्थ्यमा पनि सुधार ल्याउने जस्ता फाइदा पनि गर्दछ। यसमा प्रशस्तै भिटामिन र खनिज पदार्थ पाइन्छ।Carrot Picture

गाँजरको मीठो स्वाद र यसले स्वास्थ्यमा गर्ने थुप्रै फाइदाहरूले गर्दा संसारभरी नै यसलाई रुचाइन्छ। त्यसैले, स्वास्थ्यमा यति धेरै फाइदा दिनको लागि गाँजरमा के छ त्यस्तो भनेर बुझौँ।

गाँजरको पौष्टिक मूल्य

गाँजरमा हुने ‘बेटा क्यारोटिन’ र ‘फाइबर’ (Beta Carotene and Fiber) ले गर्दा नै यो स्वास्थ्यको लागि अत्यन्त फाइदाजनक भएको हो। गाँजर ‘एण्टिअक्सिडेण्ट एजेन्ट’ (Antioxidant agent) को राम्रो श्रोत हो। यसबाहेक, गाँजरमा प्रशस्तै मात्रामा भिटामिन-ए, सी, के, बी८, प्याटोथेनिक एसिड, फोलेट, पोटासियम, फलाम, तामा र माङ्गानिज पाइन्छ।

यति धेरै पौष्टिक तत्वले स्वास्थ्यमा कसरी फाइदा गर्दछ?

१. मुटु रोगबाट बचाउँदछ

गाँजरका चिकित्सकीय मूल्य पत्ता लगाउनका लागि, स्कटल्याण्डको ‘वल्फसन ग्यास्ट्रोइन्टेस्टिनल ल्याबोरेटरी’का अनुसन्धानकर्ताहरूले एक खोज गरेका थिए। उक्त खोजबाट, ३ हप्तासम्म दैनिक २०० ग्राम जति गाँजरको सेवनले शरीरमा कोलेस्ट्रोलको मात्रा १५ प्रतिशतले कमि हुने पत्ता लागेको थियो।

(मुटुरोगबाट बच्न नियमित चिया पिउनुपर्छ, किन? पढ्न यहाँ क्लिक गर्नुहोस्)

मुटु रोग लाग्ने प्रमुख कारण शरीरमा कोलेस्ट्रोलको मात्रा बढि हुनु हो। त्यसैले मुटु रोगबाट बच्नको लागि दैनिक गाँजरको सेवन गर्नु  फाइदाकारी हुन्छ। यसले आकस्मिक हुने हृदयघात जस्तो घातक समस्याको सम्भावना पनि कम गराउँदछ।

२. रक्तचाप नियन्त्रण गर्दछ

कहिलेकाहिँ कसैको कुरा सुनेर तपाईँको पारो तात्न (रिस उठ्न) सक्छ अनि भित्रभित्रै रगत उम्लेको जस्तो हुन सक्छ। यस्तो बेलामा नबिर्सी एउटा गाँजर टोकिहाल्नुहोस्। अझ भन्ने नै हो भने, २/३ वटा गाँजर साथ मै लिएर हिँड्नुहोस्। गाँजर पोटासियमको राम्रो श्रोत हो। पोटासियमले हाम्रो रक्त धमनी तथा रक्तनशाहरूमा परेको दवावलाई कम गराउँदछ, जसको कारण रक्तसञ्चारमा सहजता ल्याउँदछ अनि रक्तचाप बढ्न दिँदैन।

(घरेलु उपायबाट रक्तचाप नियन्त्रणमा राख्नुहोस्)

३. प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँदछ

गाँजरमा प्रशस्तै एण्टिसेप्टिक तथा एण्टिब्याक्टेरियल क्षमता रहेको हुन्छ, जसले हाम्रो प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन मद्दत गर्दछ। यत्ति मात्रै कहाँ हो र? गाँजर त भिटामिन-सी को राम्रो श्रोत पनि हो, यसले हाम्रो रगतमा भएका सेता रक्तकोषहरूलाई मजबुत गराउँदछ। मानिसको प्रतिरक्षा प्रणालीको मूख्य भाग नै सेतो रक्तकोष हो। त्यसैले अबदेखि तपाईँलाई घाउचोट लाग्यो अथवा कुनै किसिमको सङ्क्रमण भइहाल्यो भने गाँजर टोक्न नबिर्सनुहोला।Carrot Benefits in Table

(प्रतिरक्षा प्रणालीलाई बलियो बनाउने थप उपायहरू थाहा पाउन यहाँ क्लिक गर्नुहोस्)

४. पाचनशक्तिलाई बलियो बनाउँदछ

गाँजरको त्यो रातो जरामा प्रशस्त मात्रामा फाइबर पाइन्छ अनि त्यो फाइबर भनेको हाम्रो पाचन प्रक्रियालाई बलियो बनाउने प्रमुख तत्व हो। साथै, यसको एण्टिब्याक्टेरियल गुणले हाम्रो पेटमा हुने हानिकारक ब्याक्टेरियाहरूलाई पनि नष्ट गर्दछ र दिसामार्फत बाहिर फ्याँकिदिन्छ। जसले गर्दा कब्जियत, पाइल्स, झाडापखाला जस्ता समस्यालाई पनि ठीक गर्दछ।

त्यसैले अब देखि तपाईँको पेटमा गड्याङ्गुडुङ गर्न थाल्यो र हलचल मच्चिन थाल्यो भने, सम्झिएर गाँझर चपाइदिनुहोस्, एकैछिनमा ठीक हुनेछ।

५. आँखालाई तेजिलो गराउँदछ

हामीले खाने दैनिक खानामा भिटामिन-ए को कमि भएमा आँखाको शक्ति खस्किँदै जान्छ। जसको कारण आँखामा बादल लागेको जस्तो हुने, टाउको दुख्ने, रतन्धो हुने जस्ता समस्याहरू देखा पर्न जान्छ। भनिराख्नु जरुरी नहोला कि, गाँजरमा भिटामिन-ए पनि प्रशस्तै पाइन्छ। त्यसैले ढिला नगर्नुहोस्, दैनिक २ वटा गाँजर खाने गर्नुहोस् र आफ्नो आँखाको शक्ति गुम्नबाट बच्नुहोस्।

(आँखा बचाउने ७ उपायहरूको बारेमा जान्न यहाँ क्लिक गर्नुहोस्)

६. मधुमेहको रोकथाम गर्दछ

यो मीठो फलमा ‘क्यारोटेनोइड्स’ (Caretonoids) भन्ने तत्व पनि हुन्छ, जसले रगतमा भएको सुगरलाई नियन्त्रण गर्दछ। क्यारोटेनोइड्सले शरीरमा इन्सुलिन पैदा गर्ने क्षमतामा वृद्धि गराउँदछ, मतलब सुगरको मात्रामा कमि हुन्छ। त्यसैले गाँजरको दैनिक सेवनले, मधुमेहबाट ग्रसित बिरामीहरूलाई स्वस्थ अनि साधारण जीवन बिताउन मद्दत गर्दछ।

(मधुमेहको उपचार विधिको बारेमा जान्न यहाँ क्लिक गर्नुहोस्)

७. क्यान्सरको रोकथाममा सहयोग

बेटा-क्यारोटिनको सेवनले क्यान्सर (विशेष गरी फोक्सोको क्यान्सर) हुने खतरालाई कम गर्ने अनुसन्धानकर्ताहरूले पत्ता लगाएका छन्। ब्रिटिस अनुसन्धानकर्ताहरूले, ‘बेटा-क्यारोटिन’को सेवनलाई १.७ मिलीग्राम देखि २.७ मिलीग्राममा वृद्धि गरायो भने फोक्सोको क्यान्सर हुने खतरालाई ४० प्रतिशतले कम गर्ने पत्ता लगाएका थिए। साधारणतयाः एउटा गाँजरमा ३ मिलीग्राम बेटा-क्यारोटिन पाइन्छ।

(क्यान्सरबाट बच्नको लागि आफ्नो जीवनमा यी ८ सूत्र लागु गर्नुहोस्)

गाँजरको तेल फुस्रो छाला भएकाहरूलाई एकदमै फाइदाजनक हुने गर्दछ। यसले फुस्रो छालालाई नरम अनि कोमल बनाउँदछ। साथै, यसमा एण्टिसेप्टिक गुण भएकोले गर्दा, साधारण घाउचोटमा गाँजरको पेस्ट लगाउने पनि गरिन्छ, जसले घाउलाई थप सङ्क्रमण हुन दिँदैन। तसर्थ, गाँजरलाई काँचै चपाउँदा होस् या पकाएर खाँदा होस् अथवा जुस बनाएर पिउँदा होस्, स्वास्थ्यको लागि जहिले पनि फाइदाजनक हुन्छ।