२४ चैत,विराटनगर । अर्थ, वाणिज्य तथा आपूर्ति मन्त्री शङ्करप्रसाद कोइरालाले विगतका सरकारहरू आर्थिक एजेन्डाभन्दा पनि राजनीतिक एजेन्डामा रुमलिएकाले नै मुलुकको आर्थिक विकास हुन नसकेको बताएका छन ।

मोरङ व्यापार सङ्घको ५९ औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले राष्ट्रको बढ्दो वैदेशिक व्यापार घाटाले नेपाली अर्थतन्त्रमा चिन्ता थपिदिएको बताए । निर्यातबाट आर्जन भएको राजस्व पेट्रोलियम पदार्थ निर्यातमा खर्चिनु पर्ने बाध्यता रहेको पनि उनले बताए । उनले सरकारी खर्च र विकास कार्यलाई निरन्तरता दिन आगामी तीन दिनमा आंशिक बजेट ल्याइने प्रष्ट पारे ।
चाँडोभन्दा चाँडो संविधानसभाको निर्वाचन गराउने जिम्मेवारी पाएको वर्तमान सरकारका अर्थमन्त्री कोइरालाले मुलुकको आर्थिक विकास गर्न वर्तमान सरकारले इमान्दारपूर्वक प्रयत्न गर्नेछ भने ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष सुरज वैद्यले निजी क्षेत्र आजका लागि मात्र नभई भोलिका निम्ति पनि तयार भएर बस्नुपर्ने र उसले सरकारको मात्र मुख हेरेर बस्न नहुने विचार व्यक्त गरे । महासङ्घका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारले उद्योगी र व्यापारीले मुलकको समग्र आर्थिक र सामाजिक विकासको काममा पनि अग्रसर हुँदै आएको बताए । मोरङ व्यापार सङ्घका अध्यक्ष अविनाश बोहराको अध्यक्षतामा भएको सो कार्यक्रममा पूर्वाञ्चल उद्योग वाणिज्य सङ्घका अध्यक्ष किशोर प्रधान, उद्योगीहरू सुरेशराज शर्मा र दिनेश गोल्छाले पनि बिलेका थियो । रासस