७ कात्तिक, एजेन्सी । इस्लामिक स्टेट (आइएस) लडाकूहरुले छाडेर गएको एक सय मृत शरीर सिरियाको सरकारी सेनाले ल्याएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राईटस्ले अल क्वार्यातायनमा मारिएका आईएस लडाकूका शबहरु सरकारी सेनाले नियन्त्रणमा लिएको जनाएको छ ।

सिरियाको सरकारी पत्रिकाको अनलाईनमा आइएस लडाकूद्धारा मारिएका मध्ये पचास जना रक्तपातपूर्ण अवस्थामा भेटिएको समाचार लेखेको छ । सेनाले नियन्त्रणमा लिएका अधिकांश शवहरुको पहिचान हुन नसकेको र उनीहरुको बारेमा खोजी कार्य भईरहेको जनाइएको छ ।

सिरियाको सेनाले अल क्वार्यातायन सहरलाई आईएस लडाकूबाट खोसेर शनिबार पुनः आफ्नो नियन्त्रणमा लिएको थियो ।