६ कात्तिक, काठमाडाै‌ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद तथा महाअभियोग सिफारिश समितिका सदस्य अमनलाल मोदीले अख्तियार प्रमुख लोकमा सिंह कार्कीलई संसदको दुई तिहाई मतबाट विदाइ गर्ने दाबी गरेका छन् ।

लोकमानको विषयलाई लिएर अत्तालिहाल्नुपर्ने अवस्था छैन – नेता पौडेल

आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मोदीले नेपालमा लोकतन्त्र र कानूनी राज्यभन्दा माथि कोही नभएको भन्दै अख्तियार प्रमुख कार्कीले कानूनी राज्यको धज्जी उडाएकोले उनलाई संसदको दुई तिहाईबाट विदा गर्ने बताए । सांसद मोदीले सार्वभौम संसदमा उक्त प्रस्ताव दर्ता भैसकेकोले हचुवाको भरमा प्रस्ताव फिर्ता हुनै नसक्ने समेत ठोकुवा गरे ।

महाअभियोग प्रस्तावको पक्षमा निर्णय गर्न प्रचण्ड डराए

भोलिदेखि सुरु हुने व्यवस्थापिका संसदको बैठकमा यो विषयमा छलफल हुने समेत उनको भनाई छ । साक्षात्कारमा नेकपा एमालेका सांसद रामेश्वर फूयाँलले अख्यितार प्रमुख कार्कीविरुद्धको महाअभियोग प्रस्ताव पारित हुने ठोकुवा गरे । मधेशी मोर्चाका प्रभावशाली नेता रामनरेश राय यादवले अख्तियार प्रमुख लोकमानविरुद्ध माओवादी केन्द्र र एमालेले मिलेर ल्याएको महाअभियोगको प्रस्तावले कुनै अर्थ नराख्ने टिप्पणी गरे ।

नेपाल हिन्दु राष्ट्र नभए गम्भीर दुर्घटनाः कटवाल

उनले ठूला पार्टीहरुले मधेशी मोर्चाको मुद्दालाई ओझेलमा पार्नको लागि लोकमान प्रकरण अघि सारिएको समेत आरोप लगाए ।