५ माघ, काठमाडौं । संविधान संशोधन विधेयक पारित गराउनको लागि प्रधानमन्त्री प्रचण्डले मन्त्रीमण्डल विस्तारलाई प्राथमिकता दिएका छन् ।

Baluwatar PM office

विधेयक पारित गराउनलाई दुई तिहाई बहुमत पुर्याउनु पर्ने दबाबमा रहेका प्रचण्डले मन्त्रीमण्डल विस्तार गर्ने गृहकार्य गरेपनि निर्णयमा पुग्न सकेका छैनन् । सत्तारुढ दल राप्रपा र फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले उपप्रधान सहित मालदार मन्त्रालय मागेका छन् । कमल थापा र विजय गच्छदारको चित्त बुझाउनको लागि माओवादीले स्थानीय विकास र कांग्रेसले परराष्ट्र मन्त्रालय छोडनु पर्ने हुन्छ ।

किन चुनाव चाहदैनन् ओली र उपेन्द्र यादव ?

माओवादी चलक देखिए पनि कांग्रेस सभपाति शेरबहादुर देउवाले परराष्ट्रमन्त्री अहिले छोड्न नसक्ने अडान लिँदा मन्त्रीमण्डल विस्तार रोकिएको छ । दुबईबाट फर्किए लगत्तै मंगलवार राती एक बजेसम्म प्रधानन्त्री प्रचण्डले आफू निकटका नेताहरुसँग मन्त्रीमण्डल विस्तारको बारेमा छलफल गरेको स्रोतले बताएको छ ।

संशोधन प्रस्तावका कारण प्रधानमन्त्री नै धरापमा

संविधान संशोधन विधेयक पारित गराउन आवश्यक पर्ने पाँच मत जुटाउनेदेखि मन्त्रीमण्डल विस्तारको बारेमा कुराकानी भएको वालुवाटार स्रोतले जनाएको छ । प्रधानमनत्री प्रचण्डले अहिले चार मन्त्रालयको जिम्मेवारी पशुपन्छी, महिला वालबालिका तथा समाजकल्याण, विज्ञान तथा प्रविधि र खानेपानी तथा सरसफाई मन्त्रालय सम्हाल्दै आएका छन् ।

चार मन्त्रालयमध्ये सांसद प्रेमबहादुर सिंहलाई खानेपानी तथा सरसफाई मन्त्रालय दिने पक्का पक्की नै भएको छ भने । बाँकी मन्त्रालय राप्रपा र फोरम लोकतान्त्रिकलाई दिने तयारी गरेका छन् ।