दाल, भात र तरकारी- नेपालीहरूको सबैभन्दा मनपर्ने खाना! दिनभरी जेजति-सुकै खानेकुराहरू खाएपनि, बेलुका भात खान पाइएन भने चित्त बुझ्दैन। नेपालमा धेरै प्रकारको चामलको भात पाइन्छः बास्मती चामलको भात, सेतो चामलको भात, खैरो चामलको भात, आदि।

नेपालमा खाइने यी ३ प्रकारका भातको फाइदाहरू के-के छन्?
सेतो भातको फाइदा
  • यो सेतो चामलको भात पचाउनको लागि सजिलो र छिटो हुन्छ र १ घण्टामा नै यसलाई हाम्रो शरीरले पूर्णरूपमा पचाउन सक्दछ। यसमा फाइबरको मात्रा थोरै हुने हुनाले हाम्रो पाचनप्रणालीलाई काम गर्न सहज हुन्छ र सजिलै पचाउन सक्छ। त्यसैले झाडापखाला, बान्ता हुने, अपच हुने जस्ता पाचन प्रक्रियाको समस्यालाई पनि यो सेतो चामलको भातले धेरै राहत पर्याउँदछ।white rice
  • शरीरले राम्रोसँग काम गर्नको लागि प्रशस्त मात्रा कार्बोहाइड्रेटको आवश्यकता पर्दछ र यो सेतो चामलको भात हाम्रो शरीरलाई चाहिने ऊर्जाको राम्रो श्रोत हो।
  • सेतो चामलको भातको प्रति १५० ग्राममा ५ ग्राम प्रोटिन पाइन्छ।
खैरो भातको फाइदा
  • खैरो चामलको भातको धेरै फाइदाहरू छन्। तथापी, नेपालमा यो चामलको त्यतिधेरै प्रयोग गरिँदैन, किनभने मानिसहरूलाई यो भातको फाइदाहरूको बारेमा जानकारी छैन र यो सामान्यभन्दा महङ्गो पनि हुने गर्दछ। नेपालमा यसलाई ‘अनदी चामल’ पनि भन्ने गरिन्छ। र चाम्रे (लट्टे) खान विशेषत यहि चामल प्रयोग गरिन्छ।brown rice
  • खैरो चामलको भात घुलनशील फाइबरको राम्रो श्रोत हो। यसले शरीरमा नराम्रो कोलेस्ट्रोलको मात्रालाई घटाउन मद्दत गर्दछ। साथै, यसमा थोरै मात्रामा पाइने चिल्लो पदार्थले नराम्रो कोलेस्ट्रोलको मात्रा घटाउने, रक्त चापलाई नियन्त्रण गर्ने तथा राम्रो कोलेस्ट्रोलको मात्रा बढाउने काम पनि गर्दछ।
  • यो खैरो चामलको भातमा फाइबरको मात्रा सेतो भातको भन्दा बढी हुन्छ, त्यसैले यो चामललाई पचाउन अलि समय लाग्दछ, त्यसैले नै खैरो भात खाएपछि चाँडै भोक लाग्दैन। साथै यसमा भिटामिन र खनीज पदार्थहरू पनि प्रशस्तै पाइन्छन् र पौष्टिक तत्वले भरपूर पनि रहेको हुन्छ।
बास्मती भातको फाइदा
  • भारतबाट सुरुवात भएको बास्मती चामलको भातमा धेरै फाइदाजनक पौष्टिक तत्वहरू पाइन्छन्। बास्मती चामल पनि दुई प्रकारको हुन्छः सेतो र खैरो।basmati rice
  • खैरो बासमतीमा अन्य प्रकारको खैरो चामलमा जस्तै पौष्टिक तत्वहरू पाइन्छन् तर यसमा अरूभन्दा २० प्रतिशत बढी फाइबर हुन्छ। सेतो बासमतीमा पनि अन्य प्रकारको सेतो चामलमा भन्दा बढी पौष्टिक तत्वहरू पाइन्छन्।
  • बासमती चामल, यसको विशेष सुगन्ध र स्वादले प्रचलित भएको हो। यसमा विशेष सुगन्ध ल्याउनको लागि 2-acetyl-1-pyrroline नामक जैविक रसायनले भूमीका खेलिरहेको हुन्छ।
यो पनि हेर्नुहोस्-

राती नाङ्गो सुत्नुका ५ फाइदा

भात खाएपछि किन छिट्टै भोक लाग्छ ?
के भात खाँदा भुँडी बढ्छ ?
भात खानुका फाइदै फाइदा