भातले साच्चै मोटोपन बढाउँछ त…? 

मोटोपनबाट बच्नको लागि मानिसहरु चामलबाट बनेको भात नखान सल्लाह दिन्छन तर यो भने गलत हो । न त चामलको भातमा फ्याट बढी हुन्छ न उच्च क्यालोरी ।

आधा कप चामलको भात लगभग १२० क्यालोरी हुन्छ । लगभग यति नै क्यालोरी गहुँको रोटी र पाउरोटी तथा कार्बोहाइड्रेड युक्त अन्नमा पनि हुने गर्छ । एउटा सानो रोटी र एक पिस पाउरोटीमा ८०-९० क्यालोरी हुने गर्छ ।

khana

चामलमा खनिज लवणको साथै भिटामिन बी पनि हुने गर्छ । त्यसैले खाना बनाउने बेलामा चामललाई पखाल्दा पटक पटक धेरै मिचेर नपखाल्न सल्लाह पनि दिने गरेको सुनिन्छ । तपाईलाई थाहा छ कि छैन, जापानमा मानिसहरु दिनहुँ एक पटक चामलको परिकारबाट बनेको खानेकुरा खाने गर्दछन् र सबैभन्दा कम मोटापनको व्यक्ति यही रहेका छन ।

खाना खाएपछि छिट्टै भोक किन लाग्छ ?
भनिन्छ चामलको खाना खाएपछि छिटो भोक लाग्ने गर्छ, यो सही पनि हो किनभने चामलको भात छिटो पच्ने गर्छ जसले गर्दा छिट्टै नै भोक लाग्ने पनि हुन्छ । यस्तो हुन नदिनको लागि तपाईले खानाको साथमा प्रोटिनयुक्त खानेकुरा समावेश गर्न सक्नुहुनेछ ।

व्हाइट राइस स्वास्थ्यवर्दक हुदैन !
व्हाईट राइस प्रति मानिसहरुको गलत धारणा पाइन्छ । चामलमा कार्बोहाइड्रेट भरपुर मात्रामा हुने गर्छ जसले हाम्रो शरीरलाई जति उर्जाको जरुरत हुन्छ, यसको पुर्ति राइसले गर्ने गर्छ । व्हाइट राइसमा पौष्टिकतालाई बढाउनको लागि हरियो तरकारी, दाल, गेडागुडी, मासु आदिलाई साथमा मिलाएर हेल्दी खाना बनाउन सकिन्छ ।

सबै चामल एक समान हुन्छ ?

होइन यस्तो बिल्कुल होइन । हरेक चामलको आफ्नो गुण हुन्छ । चामल किन्ने बेलामा यो कुराको विशेष ध्यान राख्नुपर्ने हुन्छ ।