६ चैत, एजेन्सी।

क्रिकेट नियम निर्धारक संस्था मेरिलेबोर्न क्रिकेट क्लब (एमसीसी)ले क्रिकेट खेलको लागि नयाँ नियम निर्धारण गरेको छ। निर्धारित यी नयाँ नियम आउँदो अक्टोबर १ बाट लागु हुँदैछन्। यो संगै क्रिकेट सधैको लागि बदलिनेछ। यी नियम क्रिकेटको हरेक फर्म्याटको खेलमा लागू गरिनेछ।

ब्याटको आकार
एमसीसीको नयाँ नियम अनुसार, क्रिकेट ब्याटको चौडाई १०८ मिलिमिटर, सर्वाधिक मोटाइ ६७ मिलिमिटर र किनारा ४० मिलिमिटर भन्दा बढ हुनुहुँदैन।

रेड कार्ड
फुटबल झै अब क्रिकेटमा पनि अम्पायरले खेलाडी निकाल्न सक्नेछन्। खेलाडीलाई केही बेरको लागि वा पुरै खेल अवधिको लागि बाहिर निकाल्न सकिनेछ। यो फैसला अम्पायरले लिनेछन्। हिंसा वा अम्पायरलाई धम्काइएमा यस्तो निर्णय लिन सकिने छ।

अत्याधिक अपिल
टेस्ट क्रिकेटमा अत्याधिक अपिल गरिदाँ निकै समय व्यतित हुन्छ। कयौं टिम अर्को टिमलाई दबाब दिन पनि अपिल गर्ने गर्छन्। अब अत्याधिक वा गैर-जरुरी अपिल गर्दा अम्पायरले पहिले चेतावनी दिनेछन्। फेरि दोहोरिए अपिल गर्ने टिमलाई ५ रन पेनाल्टी हुनेछ।

पेनाल्टी रन
यदि कुनै बलर वा फिल्डर जानीजान कुनै अर्को खेलाडी माथी बल फ्याँक्छ वा छुन खोज्छ भने टिमले ५ रन पेनाल्टी पाउनेछ ।

रन आउट नियम र बाउन्सि ब्याट

रिस्की रन लिनेक्रममा अब ब्याट्सम्यान आउट हुने खतरा कम हुने भएको छ। डाइभ गरेर ब्याटले ग्राउण्ड छुने क्रममा ब्याट बाउन्स हुँदा (ग्राउण्ड नछुँदा) ब्याट्स म्यान आउट हुने छैनन, जबसम्म ब्याट जमिनतर्फ हुनेछ वा शरिरको कुनै भाग लाइन कट्नेछ र ब्याटम्यान अगाड बढिरहेकै हुनेछ (अर्को रन बनाउने कोसिस गर्नेछैन) ब्याट्सम्यान सुरक्षित हुनेछन्।

म्यानकेडिङ
नयाँ निमय अनुसार बलरले बलिङ गर्नुपूर्व नन-स्ट्राइकरलाई रनआउट गर्न सक्नेछन्।

लण्डन स्थित एमसीसीले सन् १७८७ देखि क्रिकेटको नियमको रखवाला गर्दै आएको छ।