भगवान शिवलाई सही अर्थमा भन्नुपर्दा परिवारका देवता पनि भनिन्छ। किनकी शिवजी एकमात्र यस्ता देवता हुन्, जसका परिवार पूर्ण छ। भगवान शिवका पुत्र कार्तिकेय (कुमार) र श्रीगणेशको बारेमा त सबैलाई थाहा भएकै कुरा हो। तर अधिकांशलाई यो थाहा छैन कि उनकी एक पुत्री पनि छिन्।

आज महाशिवरात्री (२४ फागुन)को अवसरमा हामी तपाईँहरूलाई शिवपरिवारकी पुत्रीको बारेमा जानकारी दिन गैरहेका छौँः

भगवान शिव

भगवान शिव परिवारका मूख्य सदस्य हुन्। शिवलाई सृष्टिको प्राण मानिन्छ। शिवबिनाको सृष्टि मृत संसार जस्तै हुन्छ, त्यसैकारण नै उनलाई ‘कालको पनि काल- महाकाल’ भनिन्छ।Lord Shiva, Lordess Parvati, Lord Ganesha

ब्रह्मा, विष्णु र शिवका नामलाई सृष्टि, पालन र संहारसँग जोडिएपनि तीनै तत्व एकै भएको तथा शिवतत्वले पालनपोषणको काम पनि गर्ने भएकाले शास्त्रीय रूपमा शिव तत्वको महत्व बढि छ। शिवले प्राण पनि दिन्छन्, जीवन पनि दिन्छन् र संहार पनि गर्छन्।

भगवान शिवकी पुत्री

भगवान शिवकी पुत्रीको नाम ‘अशोक सुन्दरी’ हो। पौराणिक कथा र केहि मान्यताका अनुसार, माता पार्वतीले आफ्नो एक्लोपनलाई टाढा राख्नको लागि ‘कल्पवृक्ष’ (सबैको इच्छा पूर्ण गर्ने रूख) सँग कन्याप्राप्तिको वरदान मागिन्, जसको फलस्वरूप अशोक सुन्दरीको जन्म भयो।Daughter of Lord Shiva- Ashoka Sundari

अशोक सुन्दरीको विवाह परमपराक्रमी राजा नहूषसँग भएको थियो। माता पार्वतीको वरदानले अशोक सुन्दरी ‘ययाति’ जस्ता वीर पुत्र र सय रूपवती कन्याहरूका माता बनिन्।Lord Shiva with his Daughter

यो पनि हेर्नुहोस्-
शिवरात्रीमा फेसबुकको रिमाइन्डर
भगवान शिवका १०८ नाम, जानौँ तिनका अर्थ र महत्व
यो वर्षको शिवरात्रीमा जुरेको अभुतपूर्व संयोग
पशुपतिनाथको मन्दिरको बारेमा ११ रोचक तथ्य- भगवान शिवको नाम ‘पशुपतिनाथ’ कसरी हुन पुग्यो?