५ माघ, काठमाडौं।

‘छोरीको विहेमा आउनुपर्ने, के उपहार ल्याउने होला?’ शीतल निवासबाट निम्तो पाएको ५ घण्टामै आइतबार पूर्वराजा ज्ञानेन्द्रले निर्मल निवासबाट निजी सचिव सागर तिमल्सिनामार्फत बुझ्न चाहे। त्यसो त ‘जिन्सी र नगद उपहार नल्याउन’ निमन्त्रणा पत्रमै लेखिएको थियो नै राष्ट्रपतिकी कान्छी सुपुत्रीको वैवाहिक समारोहमा आफू सामेल हुने जानकारीसमेत त्यसैमा लुकेको थियो।gyanendra-nishakusum-yadav-wedding1

५० वर्षअघि सोही भवनमा कोमल राज्यलक्ष्मीलाई भित्र्याएका ज्ञानेन्द्रले अस्ति सोमबार सरासर आएर नवदम्पतिलाई शुभकामना दिए। राष्ट्रपतिले आइदिएकोमा धन्यवाद प्रकट गरिन्। लोकेन्द्रबहादुर चन्द, प्यारजङ थापा, कमल थापाका दाजुभाइ र पशुपति समशेर बसेकै टेबुलमा कालो चिया खाएर निस्किए।

gyanendra-at-sitalniwasयसबीच पत्रकार देवप्रकास त्रिपाठीलाई तानेर कानेखुसी गरे। दुलाह‍-दुलहीलाई फेरि गएर भेटे र २० मिनेटमै फर्किए। त्यसो त केही समय बस्ने कुरा नै थियो तर थोरै समय बसे, हाँसीखुसी नै बसे। यसबीच, सेनापति राजेन्द्र क्षेत्रीले परैबाट सलाम ठोके। टेबलमा सामुन्ने रहेका राप्रपा नेता पशुपति समशेरसंग केही बेर अंग्रेजीमा गफिए। यसो गर्दा कसैलाई तपाई संबोधन गरिरहनु पनि परेन । कसैले सरकार आज आकर्षणको केन्द्र बनिबक्स्यो भनेर चाकडीको भाषा बोल्दै हाँस्दै भने, म हैन तिमीहरुको कारण यसो भएको हो। आजको जनआस्था साप्ताहिकमा खबर छापिएको छ।