७ माघ, नेपालगञ्ज ।

गएराति नेपालगञ्ज स्थित एक महिलालाई मट्टितेल खनाएर आगो लगाई हत्या गर्ने प्रयास गरिएको छ । नेपालगञ्ज १२ मा बस्ने २२ वर्षीय अलिसा खटिकलाई आफ्नै श्रीमान राजेन्द्र खटिकले मट्टितेल खनाएर आगो लगाएका हुन् ।

राजेन्द्र खटिक रोजगारकाली साउदी अरबबाट फर्केपछि अलिसा खटिकसंग दिनहु मारपीट र झैगडा हुने गथ्र्यो । गएराति अलिसाले खाना पकाउँदै गर्दा सामान्य वादविवाद भएपछि श्रीमानले मट्टितेल खनाएर आगो लगाई हत्या गर्ने प्रयास गरेको उनका आफन्तले बताउँछन् ।

श्रीमानले आगो लगाएपछि अनिसा खटिककी आफन्त र प्रहरीको सहयोगमा भेरी अञ्चल अस्पतालमा उपचार भईरहेको छ । उनको शरिरको कम्मर देखि माथिको ५० प्रतिशत भाग जलिसकेको छ ।

छिमेकी मुलक भारत गोरखपुरकी अनिसा खटिकको ४ वर्षअघि नेपालगञ्ज १२ मा बस्ने राजेन्द्र खटिकसंग माघी विवाह भएको थियो । अनिसा खटिक र उनका श्रीमान र २ वर्षे छोरी घर परिवारदेखि अलग बस्दै आएका थिए ।