बोमलाल गिरी
स्पेनको राजधानी मड्रिडबाट ४ घण्टाको बस यात्रापछि वाइसभास्को अञ्चलमा पुगिन्छ । जहाँ बिलवाओ, भिक्टोरिया र सावासाभास्टिएन गरी तीनवटा राज्य छन् । त्यसमध्ये बिलबाओमा मात्र ४ सयभन्दा बढी नेपालीको बसोवास छ । ती नेपाली, सरकारका लागि स्पेनीज नागकिभन्दा बढी प्यारा भएका छन् ।

स्पेनीज नागरिकले पढाई, औषधी उपचारका लागि केही रकम तिर्नु पर्छ । सरकारलाई तिर्ने करको दायरा पनि बढी छ । तर ती नेपालीका लागि न औषधी उपचारमा पैसा लाग्छ, न त पढ्न नै । फ्रिमा भाषा सिक्न पनि पाउँछन् । हरेक तीन महिनामा कपडा किन्नका लागि चेक दिइन्छ ।

त्यति मात्र होइन । सरकारबाट चाहेको अवधि भरका लागि भत्ता पाउँछन् । एक जनाले मासिक ८ सय ७५ युरो । यो त अहिले घटाइएको हो । पहिले त एकै जनाले मासिक ९ सय युरो (नेपाली रुपैयाँ झण्डै एक लाख १० हजार) भत्ता बुझ्थे ।

जबकी नकिकैको छिमेकी देश पोर्चुगलमा ८ घण्टा काम गर्दा मासिक न्यूनतम तलव ५ सय ३० युरो मात्र हुन्छ ।

कामै नगरी यति मज्जाले पैसा किन, कसरी मिल्छ त ? मेरो जिज्ञासा मेटाउँदै भरतपुर महानगरपालिका २७ का तुल्सी गुरुङ, जो विगत १४ वर्षदेखि परिवारसहित बिल्वाओमै बस्दै आएका छन् ।

उनी भन्छन्, ‘म सन २००५ मा यहाँ आउँदा अरु कोही नेपाली पनि थिएन । विस्तारै यहाँको हावापानी, भौगोलिक बनावट र सरकारबाट राम्रो सेवासुविधा देखेपछि नेपालीहरुको आउने क्रम विस्तारै बढ्दै गयो । अहिले ४ सय नाघिसकेको छ ।’

उनका अनुसार विद्यार्थी भिषामा इङ्ल्याण्ड गएका नेपाली त्यहाँको सरकारले काम गर्ने घण्टा घटाएपछि उपयुक्त विकल्पको खोजिमा स्पेनको बिल्वाओ धाउन थाले ।

काम गरे काम अनुसारको दाम र काम नगरे वा नपाए भत्ता पाउने र सजिलै गुजारा पनि हुने, केही बचत पनि हुने देखेपछि नेपालीको संख्या विस्तारै बढ्दै गयो ।

भत्ता पाउने प्रकृया

भत्ता पाउनका लागि प्रोसेस के हुन्छ त ? भन्ने मेरो प्रश्नमा गुरुङ भन्छन्, ‘सिधा भन्नुपर्दा यहाँ शरणार्थी हुने हो । त्यसका लागि नेपालबाट चलअचल सम्पत्ति केही पनि नभएको गाविसबाट प्रमाण ल्याउनुपर्छ ।

त्यो देखाएर यहाँको नगरपालिकामा गएर दर्ता गर्नुपर्छ । यहाँ बसेको घरको भाडा तिरेको प्रमाण देखएमा भत्ता पाउने आधिकारिकताका लागि एउटा पेपर दिइन्छ ।’

युरोपमा (पोर्चुगलमा बाहेक) पेपर अर्थात पीआर नभएसम्म बैधानिक रुपमा काम गर्न पाइदैन । पाइहाले पनि लुकेर, प्रहरीको आँखा छल्दै गर्नुपर्छ । जसलाई त्यहाँको भाषामा कालोमा काम गर्ने भनिदो रहेछ ।

जुन निक्कै चुनौतीपूर्ण हुन्छ । प्रहरीले भेटाएमा सिधै नेपाल डिपोट गर्ने भएकाले कालोमा काम गर्नु निक्कै ‘रिस्की’ काम हो ।

युरोपमा बस्ने प्राय सबै नेपालीको मुख्य उदेश्य पीआर बनाउने र रातो पासपोर्ट लिने हुन्छ । तर गुरुङका अनुसार बिल्वाओमा भने पेपर नभए पनि केही समस्या छैन । बरु सरकारले दिएको भत्ताबाटै सरकारलाई ट्याक्स कर तिरेर पेपर बन्ने प्रकृया शुरु हुन्छ ।

चितवन भण्डाराका प्रकाश त्रिपाठी पनि बेल्वाओ बसेको ७ वर्ष भइसक्यो । उनी पनि स्पेन सरकारको भत्ता खाएर आनन्दले बसिरहेका छन् । उनी भन्छन्, ‘राम्रो काम पाइयो र तलव पनि ८ सय ७५ युरोभन्दा बढी हुने भयो भने काम गर्दा पनि हुन्छ । नत्र काम नगरी भत्ता खाएर मात्र बस्दा पनि हुन्छ । एक हजारभन्दा बढी कमाई भएमा भत्ता मिल्दैन ।’

तर काम गर्ने हो भने शुरु गरेकै दिनदेखि भत्ता काटिन्छ । र काम छोडेको दिनदेखि फेरी भत्ता दिन शुरु हुन्छ । उनका अनुसार काम गरेर महिनामा ५ हजार युरो कमाउने नेपालीहरु पनि छन् । उनीहरुका लागि भत्ताभन्दा काम प्यारो हुन्छ ।

स्पेनमा पीआर पाउनका लागि लगातार तीन वर्ष सरकारलाई कर तिर्नुपर्छ । त्रिपाठीका अनुसार यसरी बेल्वाओमा बस्ने प्राय सबैको पीआर (कार्ड) बनिसकेको छ । जम्मा ५,६ जना मात्र कार्ड बन्न बाँकी छन् ।

शुरुवाती प्रकृया

बेल्वाओ छिर्ने वित्तिकै नगरपालिकामा गएर दर्ता गर्ने हो । फ्रिमा भाषा सिक्न पाइन्छ । स्पेनीजले फि तिर्नु पर्छ, नेपालीलाई पर्दैन । दर्ता गर्ने बेलामा उनीहरुले नै कहाँ गएर कसरी सिक्ने आइडिया दिन्छन् ।

अनि सोसल अप्लाई गर्ने, मेडिकल कार्ड बनाउने हो । त्यो कार्डले स्पेनिजलाई जत्तिकै काम गर्छ । सोसल, काम केही नभए पनि मेडिकल फ्रि हुन्छ ।

भिषा नभए पनि बस्नलाई केही समस्या छैन । अरु स्टेटमा वा अरु देशमा चाँही भिषा नभएसम्म बस्न समस्या छ । शुरुमा यहाँ आएकाहरु यहाँभन्दा बढी कमाउने आशले अन्त गए । तर अहिले पछुताइरहेका छन् ।

स्पेनबाट फर्केपछि