११ वैशाख, एजेन्सी । आफैले कार चलाएर १३ सय किलोमिटर पार गरेका एक १२ वर्षीय अष्ट्रेलीयन बालकलाई प्रहरीले पक्राउ गरेको छ । यि बालकलाई शनिवार न्यु साउथ वेल्सस्थित ब्रोकन हिलबाट नियन्त्रणमा लिइएको हो ।

कार हिलोमा फसेपछि प्रहरीको ध्यान उनको कारतर्फ गएको थियो । प्रहरीका अनुसार ति बालकले पश्चिमी अष्ट्रेलीयाको न्यु साउथ वेल्सदेखि पर्थ सम्म ४००० किलोमिटरको यात्रा गर्ने लक्ष्य राखेका थिए ।

उनका बुवाआमाले आफ्नो छोरा हराएको सुचना जारि गरेका थिए । यसैको आधारमा उनलाई गिरफ्तार ब्रोकन हिल प्रहरीले नियन्त्रणमा लिएको बीबीसीले जनाएको छ । प्रहरीका अनुसार ति बालकले आफ्नो परिवारको कार लिएर निस्केका थिए । त्यसपश्चात परिवारले हराएको सुचना जारी गरेका थिए ।

विना कसैको रोकावट ति बालकले यति लामो दुरी कसरी पार गरे भन्नेमा हालसम्म पत्ता लागेको छैन । उनले तय गरेको उक्त यात्राको बाटो सुनसान र डरलाग्दो थियो । उनले साहसपुर्वक यस्तो निर्णय लिएको हुन सक्ने अनुमान छ ।