एजेन्सी । ‘कफि विद करण शो’मा करण जौहरले अभिनेत्री सोनम कपूरलाई आफ्नो बच्चादेखिको साथी तथा को-स्टार रणवीर कपू्रसँग डेट गर्न चाहनुहन्छ, भन्ने प्रश्न गरे । सोनम केही बोल्न नपाउँदै सँगै उपस्थित अर्की अभिनेत्री करिनाले कुरा सुरु गरिन्, उनकी दिदी करिश्मा कपूर मनैदेखि सोनम भाई रणवीरको श्रीमती बनोस् भन्ने चाहन्छिन् ।

kreena_karishma_sonam

यद्यपी, सोनमले भनिन, रणवीर र म एक असल मित्रको रुपमै राम्रो छौं । म उनलाई खुशी राख्न सक्छु जस्तो लाग्दैन । १० बर्षअघि फिल्म ‘सावरिया’मा रणवीर र सोनम एकसाथ देखिएका थिए । त्यस समय रणवीर र सोनम एकअर्कालाई डेट गर्छन् भनिएको थियो ।

यसअघि पनि दीपिका पादुकोण र सोनम एक साथ यही शो मा आएका थिए । त्यसबेला दुवै जना मिलेर रणवीरलाई खुब उडाएका थिए । सोनमले भनेकी थिइन, ‘रणवीर एक असल साथी हुन्, तर एक असल प्रेमी शायद नहोलान् । यो कुराबाट रणवीरका बुबा ऋषि कपुर निकै रिसाए र दुवैलाई भने रणवीर खट्टे अंगुर हुन् ।

आगामी अंकको ‘कफि विद करण शो’मा करिना कपूर र सोनम कपूर देखिँदैछन् ।

यो पनि पढ्नुस्
अक्षय माझ्थे भाँडा, सोनम थिइन वेट्रेस: यस्ता काम गर्थे पहिले बलिउडका यी ७ कलाकार
यस्तो छ बलिउडकी सबैभन्दा बढी कमाउने नायिका दिपिका बस्ने फ्ल्याट
दिपिकाले अस्वीकार गरेकी सलमान, शाहरुख र अामिरका ब्लकबस्टर फिल्म
मलाइकाले सोनमलाई गरिन् सार्वजनिक स्थलमै गाली