एजेन्सी । सैफ अली खान छोरी सारालाई फिल्ममा डेब्यु गराउने कुरा लामो समयदेखि चर्चा चलिरहेको छ साथै उनी करण जोहरको ब्यानरबाट डेब्यु गर्ने बताइएको छ । तर, साराको करिअर सैफ र उनकी पत्नी करिनाबीचको विवादको कारण बन्न पुगेको छ ।

साराको डेब्युलाई लिएर सैफ र करिनाबीच विवाद चलिरहेको छ । करिना चाहान्छिन्, साराको डेब्यु करण जोहरको फिल्मबाटै होस्, किनकि आलिया भट्टलाई आफ्नो ब्यानरबाट लञ्च गरेपछि करण आलियाको भविष्य सिंगार्नमा लागेका छन् । करणले अन्य निर्देशकसँग पनि आलियालाई काममा लगाए । त्यसैले करिनालाई लाग्छ, साराको पनि करण जोहरकै फिल्मबाट डेब्यु होस् ।

तर, सैफलाई करणको हावी हुने प्रवृत्ति मन पर्दैन । सैफलाई लाग्छ, आलियालाई लञ्च गरेपछि करणको आलियाको करिअरमाथि हावी हुने प्रवृति अली बढी नै भएको छ र त्यही प्रवृत्ति आफ्नी छोरी सारासँग नहोस् । साराले स्वतन्त्र भएर आफ्नो भविष्यको रेखा कोर्न सकुन भन्ने सैफ चाहन्छन् ।