एजेन्सी ।

भारतको आन्द्र प्रदेशमा एक यस्तो मन्दिर छ, जहाँ राहुकालको सबैभन्दा ठुलो पुजा हुन्छ । यति मात्र नभई कालाहस्ती नामक यस मन्दिरमा

कमाई पनि उत्तिकै बढी हुन्छ । यसको वार्षिक कमाई १०० करोड भारु भन्दा बढी हुन्छ ।

यो शिव मन्दिर हो । तर यहाँ राहुकाल संगै कालसर्पको पुजा गरिन्छ । भारतको तिरुपति शहरदेखि ३५ किलोमिटर टाढा श्रीलंका नजिकै रहेको

यो मन्दिर दक्षिण भारत र श्रीलंकामा एकदमै प्रसिद्ध छ । करिब २ वर्षअघि देखि यस मन्दिरलाई कैलाश नामले चिनिन्थ्यो ।

यस मन्दिरलाई तीन जनावरको नाम गोही, सर्प र हात्तीको नामले पनि पुकारिन्छ । यो मन्दिर दक्षिण भारतको गोपुरम क्षेत्रको सबैभन्दा विशाल मन्दिर हो । साथै यसमा स्तम्भसहितको मन्डप पनि स्थापित  छ । जुन आफैमा अनौठो मानिन्छ ।

राहुकाल पुजाको बेला विशेष रुपमा नागको पुजा हुन्छ । जसमा १०० करोड भारु भन्दा बढि आम्दानी हुन्छ ।