१३ बैशाख, एजेन्सी । यसपटक फ्रान्सको राष्ट्रपति निर्वाचनमा ठुला ठुला नाम चलेका नेतालाई पछि पार्दै एक ३९ वर्षिय युवकले बाजी मारेका छन् । निर्वाचन परिणामसँगै इमान्युएल मैक्रोले देशमा गरिएका पुरै अनुमानलाई असफल बनाउँदै इतिहास रचेका हुन् । उनले निर्वाचनकाे पहिलाे राउण्डमा उनले शक्तिशाली प्रतिष्पर्धी ले पेन विरुद्ध जीत हासिल गरेका हुन् ।

मध्यमार्गी नेताका रुपमा चिनिएका मैक्रोले लिएका उदारवादी र विकसमुखी एजेण्डालाई फ्रान्सेलीले विश्वास गरेका छन् । आफ्नी श्रीमतीभन्दा २४ वर्ष कान्छा मैक्रोले चुनावी प्रचारका क्रममा सुदृढ युरोपेली संघको पक्षमा वकालत गरेका थिए ।

देश धर्मनिरपेक्ष हुनुपर्ने भन्दै सुरक्षाको क्षेत्रमा बजेट बढाउनुपर्ने मत उनले राखेका थिए । ठुला नाम चलेका नेतालाई पछार्दै एक युवक राष्ट्रपति निर्वाचनकाे पहिलाे राउण्डमा विजयी भएपछि यसले समग्र युरोपमा चर्चा चुलिएको छ ।