आयुर्वेद तथा आधुनिक चिकित्सा विज्ञान दवै पद्धतीमा घाँस वा चउरमा खाली खुट्टा हिड्नु स्वास्थ्यका लागि फाइदाजनक बताइएको छ । विहान १० मिनेट मात्रै हिड्नाले पनि स्वास्थ्यलाई निकै फाइदा पुग्छ । जान्नुहोस्, यस्तो क्रियाकलापले कसरी फाइदा पुर्याउँछ स्वास्थ्यलाई ?bare-foot-walking-152440513

– घासे मैदानमा खाली खुट्टा हिड्नाले खुट्टालाई हावा र अक्सिजन मिल्छ र पैतालामा रक्त सञ्चार राम्ररी हुन थाल्छ ।

– घास र पतिंगरमा हिड्दा एक्युप्रेसर व्यायाम हुन्छ । शरीरका सम्पूर्ण भागमा यसले फाइदा पुर्याउँछ ।

– प्रत्येक विहान खाली खुट्टा चउरमा हिड्दा ब्लड पेसर सामान्य रहने, माइग्रेनको समस्या ठिक हुने र दृष्टि पनि बलियो हुँदै जान्छ ।

– त्यस्तै, यस्तो व्यायामले तनाव र चिन्ता कम हुन्छ ।

– दिनभरि जुत्ता चप्पल लगाउनाले खुट्टा चिलाउने, सुन्निने, दुख्ने हुन्छ । यस्ता खुट्टासम्बन्धि समस्यालाई पनि टाढा भगाउँछ ।

– विहान यो काम गरेमा दिनभरि ताजापन रहने र रातमा राम्रो निन्दा पर्ने हुन्छ ।

– पृथ्वी र खुट्टाको प्रत्यक्ष सम्पर्क भई शरीरलाई सकारात्मक शक्त प्रदान गर्छ ।

– विहानको घामको किरणसँग शरीरको सम्पर्क हुन्छ, र हड्डि बलियो हुन्छ ।

– शरीरलाई अक्सिजन मिल्छ, मधुमेह र हृदय सम्बन्धी समस्यालाई पनि कम गर्छ ।

– ओसिलो घाँसमाथि हिड्नाले रोग प्रतिरक्षा प्रणाली बलियो हुन्छ । बाट लाग्ने रुघा खोकी जस्ता समस्याबाट बच्न सकिन्छ ।

यो पढ्नुस्।

बिहान उठ्नासाथ यी १० चीज देखिए भाग्य खुल्छ

बिहान चिया पिउने गर्नुहुन्छ? एकपटक पढ्नुस्