प्राय हाम्रो बाहिरी जीवनमा गरिएका अभिनय हाम्रो व्यक्तिगत जीवनमा आउन शुरु हुन्छ। मानिसहरु अरुको अगाडि अर्कै हुन्छन्, र आफ्नो व्यक्तिगत जीवनमा अर्कै हुन्छन।

 

कयौं पटक बाहिरी संसारमा भएका तनाव व्यक्तिगत जीवनमा आउने गर्दछन्। हाम्रो आफ्नो स्वभाव कतै लुकिदिन्छ जसले गर्दा हामी आफ्नो स्वभावलाई टिकाईराख्न सक्दैनौं।

angry-woman

धेरै मानिसहहरु अरुको अगाडि आक्रोसमा भएको अभिनय गर्दछन्, तर यो कुरा थाहा पाउदैनन्, कि त्यो आक्रोस उनीहरुको व्यक्तिगत स्वभाव बनिसकेको हुन्छ।

 

समयको सँगसँगै व्यवहार पनि परिवर्तन हुन शुरु हुन्छ। हामीले सधै प्रयास गर्नुपर्ने हुन्छ, बाहिरी कुराहरुबाट आफ्नो व्यक्तिगत स्वभाव कतै नगराऔस। आफ्नो स्वभावलाई परिवर्तन हुन नदिनको लागि ध्यानपर्वक रहनु पर्ने हुन्छ।

हामी कुरा गर्दा क्रोधित हुन्छौ. तर क्रोध भने हाम्रो स्वभाव हुदैन। क्रोध पहिला हाम्रो व्यवहारमा आउछ अनि पछि त्यही नै हाम्रो स्वभाव बन्न जान्छ। स्वभावमा क्रोध आयो भने सबैभन्दा पहिला त्यसले हाम्रो सोचाईलाई बिगार्न शुरु गर्छ र पछि संवेदनामा असर गर्छ। संवेदनहीन मानव पशु सरह हुन जान्छ।

 

हामी यही क्रोधलाई कसरी रोक्न सकिन्छ भनेर चर्चा गर्दैछौं। बाहिरी संसारलाई बाहिर नै रहन दिनु पर्छ। बाहिरी संसार र भित्री संसारमा थोरै अन्तर त हुनुपर्छ। यसरी अन्तर ल्याउने सबैभन्दा उत्तम र सरल उपाय हो ध्यान।

 

मेडिटेशन अर्थात ध्यान दिनहुँ गर्नु फाइदाजनक हुन्छ। कामको अलवा थोरै समय परिवारसँग बिताउनु साथै थोरै समय आफ्नो लागि दिनु राम्रो हुन्छ। आफ्नो लागि समय निकाल्दा प्राय एकान्तमा कुनै प्राकृतिक स्थानमा बस्दा मनमा स्फुर्ति आउछ र मन शान्त हुन्छ।

 

धार्मिक शास्त्रमा लेखिए अनुकसार श्रीकृष्ण भगवान संसारको काम गरेर पनि आफ्नो लागि समय निकाल्ने गर्थै। गोकुल वा वृंदावनमा हुँदा एक्लै नदी किनारमा बसेर बाँसुरी बजाउथें। संगीतले हाम्रो समवेदनालाई उर्जा प्रदान गर्दछ। संगीतले ध्यानलाई दृढ बनाउछ र एकान्तले नवजीवन दिन्छ।

 

हामी जब आफ्नो लागि समय दिन्छौं, आफूलाई ध्यान दिन्छौं तब संसारमा रहेका बाहिरी आवरणहरु बाहिर नै रहन्छन। हामी भित्री रुपमा जस्तो स्वभावमा छौं त्यस्तै रहन्छौं ।