२२ जेठ, काठमाडौं । सरकारले १ दशकदेखि बजेटमा घोषणा गर्दै आए पनि कहिल्यै कार्यान्वयन हुन नसकेको स्वास्थय बिमा कार्यक्रम आगामी आर्थिक वर्षबाट भने लागू हुने भएको छ । पहिलो चरणमा ३ जिल्ला छनोट गरेर यो कार्यक्रम कार्यन्वयन गरिनेछ ।

Benefits Health Insurance

स्वास्थयमन्त्री खगराज अधिकारीका अनुसार झापा, बाग्लुङ र कैलालीबाट स्वास्थ्य बिमा कार्यक्रम लागू गरिँदैछ । ‘राष्ट्रिय स्वास्थ्य बिमा नीति’ को मस्यौदालाई  अन्तिम रुप दिएर यसलाई कार्यान्वयनमा लैजान लागिएको जानकारी उनले दिए ।

यो कार्यक्रमका लागि ५० करोड रुपैयाँभन्दा धेरै रकम आवश्यक पर्छ । उनले भने ‘कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) ले ४५ करोड सहयोग गर्ने भएको छ । विपन्न परिवारका लागि सरकारले नै प्रिमियर रकम भुक्तानी गर्ने गरी दाताको सहयोग लिँदैछौं ।’

अघिल्लो आवमा स्वास्थय मन्त्रालयअन्तर्गत पुनर्जागरण महाशाखाबाट सञ्चालन गर्न प्रस्ताव गरिए पनि नीति अभावका कारण सुरु गर्न सकिएको थिएन । बिमा विज्ञहरुको परामर्शमा नीति मस्यौदालाई अन्तिम रुप दिने तयारी भइरहेको अधिकारीले बताए ।

बिमित हुने नागरिकले पनि केही रकम जम्मा गर्ने र त्यत्ति नै बराबरको रकम सरकारले जम्मा गरिदिएर कार्यक्रम सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । यसलाई समुदायको सहभागितामा अगाडी बढाइनेछ । आजको कारोबारमा खबर छ ।