महिला र पुरुषबीच प्रेम रोमान्स र डेट सामान्य विषय हुन् । तर कोसँग डेट जाने भन्ने विषयमा भने गम्भिररुपमा विचार पुर्याउनु पर्ने हुन्छ । कतिपय पुरुषप्रति महिलाको अति बढी आकर्षण हुन्छ भने कतिपयमा सामान्य । तर कतिपय पुरुष भने डेट गर्न लायक नै नहुने बताउँछन् महिला विज्ञहरु ।
यहाँ त्यस्ता पुरुषको सूची प्रस्तुत गरिएको छ जोसँग महिलाले संगत गर्नै नहुने विज्ञहरु बताउँछन्ः

१ मिस्टर मुडीः

महिलाहरु यस्तो पुरुष साथी चाहन्छन् जसले आफ्ना कुरा पनि बुझोस् आफूले पनि उसका कुरा बुझ्न सकियोस् । मुड बुझ्न कठिन हुने र उसले के गर्छ भनेर अनुमान समेत गर्न कठिन हुने पुरुषसँग महिलाले संगत नै गर्न नहुने सुझाव विज्ञहरुले दिएका छन् ।

dating woman

२ मिस्टर माइसेल्फः

कतिपय पुरुषमा म र मेरो भन्ने भावना अत्याधिक हुन्छ । त्यस्ता पुरुषसँग पनि महिलाले संगत गर्न नहुने सुझाव महिला विज्ञले दिएका छन् । यस्ता पुरुषले सामान्य देखि सामान्य कुरामा पनि आफ्नो ढिपी गर्छन् र आफ्नो कुरा नै लादेर छोड्छन् ।

मिस्टर चाइल्डिस्ः
कहिले पनि पाको ब्यवहार नगर्ने र केटाकेटी जस्तो ब्यवहार देखाउने पुरुष पनि महिलाले डेट नगर्ने सूचीमा पर्छन् । जुताको तुना पनि बाँध्न लगाउने खाना पकाएर पनि खुवाउनु पर्ने र जे कुरा पनि सिकाउनु पर्ने पुरुष यो वर्गमा पर्छन् ।

date

४ मिस्टर फ्लर्टः

जुनसुकै स्त्रीसँग पनि उस्तै ब्यवहार देखाउने पुरुषलाई महिलाले घृणा गर्छन् । खासगरी कुनै कार्यालयको रिसेप्स्निष्ट देखि होटलमा वेट्रेस सम्मलाई पनि आँखा लगाउने पुरुष यो वर्गमा पर्छन् । यस्ता पुरुषको ध्येय नयाँ नयाँ स्त्रीसँग यौन सम्बन्ध राख्ने मात्र हुन्छ ।

५ मिस्टर नोः

स्त्रीले राखेका हरेक प्रस्तावलाई शंका गर्ने र जे मा पनि हुँदैन मात्र भन्ने पुरुष पनि डेट जाने पुरुषको सूचीमा पर्दैनन् । यस्ता पुरुषले हरेक कुरामा असुरक्षित महसुस गर्छन् भने भावुक पनि बढी हुन्छन् ।

man-woman-dating
६ मिस्टर प्रेडिक्टेवलः

कुनै पनि पुरुषले के गर्दैछ भन्ने कुरा सामान्य भन्दा सामान्य मान्छेले पनि बुझ्छन् भने त्यस्ता पुरुष पनि महिलाको डेट जाने सूचीमा पर्दैनन् । उसले के सोंचेको छ के गर्नेछ देखि लिएर उसले एक महिनापछि के भन्छ भन्ने समेत अनुमान गर्न सकिने पुरुष यस्तो वर्गमा पर्छन् ।