एजेन्सी ।

क्रेडिट कार्डले काम नगरेपछि अमेरिकी राष्ट्रपति ओबामालाई गाह्रो परेको छ । क्रेडिट कार्डले कयौं पटक धोका दिने गर्छ, यसले संसारकै शक्तिशाली राष्ट्रपतिलाई पनि छोडेन ।

Obama card

अमेरिकी राष्ट्रपति बराक ओबामालाई यस्तै भएको छ । उनले रेष्टुरेन्टमा खाएको बिल तिर्नको लागि कार्ड दिए तर उनको कार्ड अस्विकार भयो ।

 

ओबामा स्वयमले बताए कि न्यूयोर्कमा भएको संयुक्त राष्ट्रसंघको कार्यालय पछि मात्रै उनले रेष्टुरेन्टमा खाना खाएका थिए । उनले आफ्नो बिल तिर्नको लागि आफ्नो क्रेडिट कार्ड दिए तर रेष्टुरेन्ट वालाले उनको कार्ड रिजेक्ट गरिदियो ।

 

राष्ट्रपतिले भने ” म आमसभाको बैठकमा गए र त्यसपछि रेष्टुरेन्ट गए तर रेष्टरेन्टमा मेरो कार्ड रिजेक्ट भयो । उसले बिल भुक्तान गर्न इन्कार गर्यो । “

उनले भने सायद म क्रेडिट कार्डको प्रयोग कम गर्छु । यसैले उनीहरुले सोचे होलान यो कुनै फ्रड हो । पछि ओबामा पत्नीले आफ्नो कार्डबाट बिल तिरिन ।

 

ओबामाले वेट्रेसलाई भने यो सक्कली हो तर उनीले कुनै प्रतिक्रिया जनाइनन्। ओबामाले भने म त आफ्नो बिल तिरिरहन्छु अब म पनि यसको सिकार भए ।

 

ओबामाले हिजो मात्र अमेरिकामा फ्रड कार्ड रोक्नको लागि नयाँ कदमको घोषणा गरेका थिए ।