अधिकाँश मान्छे सोंच्छन् हस्तमैथुन गर्नु खराव हो । मानिसहरु सेक्स सम्बन्धि सोंचाइ आइरहनुलाई पनि खराव मान्छन् । दिमागमा सेक्स सम्बन्धि कुरा खेल्नु सामान्य मानवीय स्वभाव भएपनि यो कुरलाई सामाजिक कारणले कुण्ठित पारिएको छ ।

कुनै पनि सुन्दर केटी देख्दा केटाको मनमा सेक्स सम्बन्धि भावना आउनु र सुन्दर पुरुष देख्दा स्त्रीलाई त्यस्तो हुनु सामान्य कुरा हो तर समाजमा सेक्सप्रतिको कुण्ठित धारणाका कारण यस्ता भावना ब्यक्त गर्न नसकेर मानिस पर्भर्ट अर्थात यौनिक विचलनबाट ग्रस्त हुन्छन् ।

masurbation

हाम्रो देशमा यौन सम्बन्धि धारणा खुलेर राख्न अझै पनि अधिकाँशले संकोच मान्छन् । कुनै पनि ब्यक्तिले सेक्स सम्बन्धमा खुलेर कुरा गर्छ भने त्यसलाई नराम्रो नजरले हेरिन्छ त्यसमाथि पनि कुनै स्त्रीले यस्ता कुरा गर्ने त कल्पना भन्दा बाहिरको कुरा हो ।

बच्चाहरु आफ्नो शरीरमा परिवर्तन आउँदा समेत लाज मान्ने संस्कार समाजका कारण विकाश भएको देखिन्छ । केटीहरुलाई आफ्ना स्तन बढ्दा लाज लाग्छ जवकी यो सामान्य प्राकृतिक कुरा हो ।

हस्तमैथुनः

हस्तमैथुन आम मानिसको सामान्य ब्यवहार हो । तर यौन सम्बन्धी खुलेर कुरा गर्न नपाइने हाम्रो समाजमा हस्तमैथुनलाई समेत अपराधबोधको कारण बनाइन्छ । किन भने अधिकाँश मानिस हस्तमैथुनबारे गलत धारणाबाट ग्रस्त छन् ।

Masturbatation 1

हस्तमैथसन दुनियाँमा यौन सम्बन्धी सबै भन्दा चर्चित विषय हो । हस्तमैथुनले कुनै हानी गर्दैन । तर यसो भन्दैमा गुड धेरै खाए तितो हुन्छ भनेको जस्तै अति गर्नु जुनसुकै कुरा पनि घातक हुन्छ नै । सामान्यतः हस्तमैथुन प्राकृतिक कुरा हो र यो गर्दा कुनै आत्मग्लानी वा अपराध बोध हुनु जरुरी छैन ।

विशेषज्ञको विचारमा आधारित ।

 

यो पनि हेर्नुस् 

यसरी छोड्न सकिन्छ हस्त मैथुन गर्ने बानी