पुष २३, काठमाडौं ।

नेपाली काग्रेसका पार्टी सभापति समेत रहेका प्रधानमन्त्री सुशील कोइरालाले आफ्ना सभासदहरुलाई माघ ८ भित्रै संविधान आउने आवश्वासन दिएका छन् । संविधान आउने÷नआउने अनिश्चितता बढेको बेला उनले तोकिएकै समयमा संविधान आउने आश्वासन दिएका हुन् ।

sushil koirala-muskan

संविधान निर्माणको क्रममा देखिएको विवादित विषयमा माघ ८ नजिकिदै गर्दा पनि दलहरुवीच सहमतति कायम हुन नसकेर अन्यौलता बढेको भन्दै सभासदहरुले राखेको जिज्ञासामा प्रधानमन्त्री कोइरालाले माघ ८ मा संविधान आउने भन्दै ढुक्क हुनु आग्रह गरेका थिए ।