एजेन्सी ।

यदि तपाइँ कुनै केटीलाई मन पराउनु हुन्छ तर मनको कुरा भन्न नसकेर गाह्रो भएको छ भने तपाइँका लागि खुसीको खवर छ । कुनै पनि स्त्रीलाई आफूतर्फ आकर्षित गर्न सबै भन्दा उपयोगी ब्याकग्राउण्ड म्यूजिक अर्थात पृष्ठभूमिमा बज्ने संगीत रहेको एक अध्यनले देखाएको छ ।

love birds

जापानमा हालै गरिएको एक शोधका अनुसार कुनै पनि महिलालाई पहिलो पटक डेटिङ जाँदा पृष्ठभूमिमा संगीत बज्दै गरेको अवस्थामा मनको कुरा रख्दा महिलाहरु छिटो आकर्षित हुने गर्छन् ।

 

टोकियोको आओयामा गाकुन यूनिवर्सिटीका शोधर्कताहरुले अध्यनका क्रममा यस्तो दावी गरेका हुन् । संगीतले विपरित लिङ्गीप्रतिको आकर्षण बढाउन मद्दत गर्छ ।

love birds 1

शोधकर्ता सूमी शिगेनोले ‘दिमागको जुन भाग भावनासँग सम्बन्धित हुन्छ त्यो भागमा संगीतको प्रभाव निक्कै बढी हुन्छ । यसले विपरित लिङ्गीप्रतिको भावनालाई प्रवल बनाउन भूमिका खेल्ने बताए ।

 

कुनै पनि स्त्रीलाई पृष्ठभूमिमा संगीत बजेको अवस्थामा भावना ब्यक्त गर्दा उनीहरुले त्यसलाई स्वीकार गर्ने सम्भावना पनि बढी हुने उनको भनाइ छ ।

love birds 2

शोधकर्ताहरुले यस्तो संगीत उक्त स्त्रीलाई मन पर्ने छ भने अझै राम्रो हुने समेत बताएका छन् । सामाजिक सञ्जालबाट नै मान्छेका मन पर्ने र नपर्ने कुरा थाहा पाएर एक अर्कालाई आकर्षित गर्न सकिने शोधकर्ताहरुको भनाइ छ ।