स्वाइ फ्लूको एच-१एन-१ भाइरस भातरमा बिभिन्न ठाँउमा देखिएको खबर आइरहेको छ। नेपाल पनि प्रभावित हुन सक्छ सावधानी अपनाइएन भने। फैलन कुनै समयनै नलागाउने यस्ता भाइरसबाट कसरी बच्ने, सावधानी कसरी अपनाउने भन्ने जानी राख्नु पर्छ, नभए केही भएपछि मात्र ध्यान दिने बानीले पछुतो मान्ने बाहेक अरु उपाय बच्दैन।

बिशेषज्ञको अनुसार स्वाइन फ्लू भाइरसले आफुमा यति परिवर्तन ल्याएको छ कि, यो भाइरसले सङक्रमण गरिसकेपछि परम्परागत लक्षणहरु अलिपछि नै देखिने गरेको छ।

मेडिकल साइन्सको अनुसार यो भाइरसले तीन बर्षमा आफ्नो क्षमता कयौं गुणा बढाएको छ। यहि कारणले यो भाइरसको संपर्कमा आउने बिरामीहरु पहिलेको तुलनामा छिटो संक्रमित भइरहेका छन। जबसम्म बिरामीहरुमा यो भाइरसको पत्ता लगाइन्छ तबसम्म अवस्था गम्भिर भइसक्ने जनाइएको छ।

swine-flu-cells

कसरी थाहा पाउने स्वाइन फ्लू। स्वाइन फ्लुका लक्षणहरु।

१. ज्वरो
२. खोकी
३. घाँटीमा खराँबी
४. नाक बन्दहुने तथा नाकमा पानी बग्ने
५. शरीर दुख्ने
६. शरीर काँप्ने
७. थकाइ लाग्ने
८. बान्ता हुने

यसको लक्षण सामान्य रुघाज्वरो जस्तो भएता पनि यी लक्षणहरु लामो समयसम्म भइरहने हुन्छ।

तीन वर्ष पहिले स्वाइन फ्लूको लक्षणहरु चिन्न सकिने थिए, तर अहिले यो भाइरसले मौसम अनुसार आफ्नो व्यवहार परिवर्तन गर्दैछ। यसको उपचारार्थ औषधी पनि एक हप्ताको लागि मात्र दिइन्थ्यो पहिले। तर अहिले यहि औषधी डेढ देखि दुई महिनाको लागि दिइनु पर्ने भएको छ।

यो भाइरसमा छिटो म्युटेसन हुदैछ अर्थात स्वाइन फ्लूको भाइरसको जीनमा छिटो छोटो परिवर्तन आउदैछ। यसको लक्षणपनि त्यति स्पष्ट देखिदैन आजभोली। केवल १ हप्तामा निको पार्न सक्ने औषधीले डेढ देखि दुई महिना लगाउनुको मतलब यो भाइरस ६-८ गुणा बढी शक्तिशाली भएको भनि बुझ्न सकिन्छ।

यो भाइरस एक व्यक्तिबाट अर्कोमा रुघाखोकी जस्तो गरि सर्ने गर्दछ। स्वाइन फ्लू ग्रस्त व्यक्तिले खोक्दा वा हाछ्यूँ गर्दा हावा मार्फत अर्को व्यक्तिमा यो भाइरस सर्ने गर्दछ।

खोक्दा वा हाछ्यूँ गर्दा रुमालले मुख छोप्ने बानी गर्यौ। बाहिर हिँड्दा मास्क लगाएर हिडने गर्औ। आफु बचौँँ अरुलाइ पनि बचाऔं। कोही एक सङ्क्रमित भएमा तपाइलाइ पनि सर्ने संम्भावना हुने भएकोले आफ्नो मात्र नसोचौं। स्वास्थ्य सम्बन्धि समस्या व्यक्तिगत हुदैन साथै एक व्यक्तिले मात्र समाधान पनि गर्न सक्दैन। त्यसैले आफ्नो ठाँउको जिम्मेवारी बहन गर्नेबानी गर्यौ।