जीवनमा हरेक मानिस सम्मानको खोजिमा हुन्छ । हरेक मानिसलाई सम्मानित जीवन चाहिएको हुन्छ । यहाँ यस्ता ५ कामको चर्चा गरिएको छ जसमा सचेत हुनु भएन भने तपाइँले सम्मान होइन अपमान खेप्नु पर्छ ।

जीवनमा अपमानित हुनु पर्ने ५ काम । यी काम भुलेर पनि  नगर्नुस् । 

१ सन्तानलाई बेवास्ता
कुनै पनि परिवारको सभ्यता छोरा छोरीबाट थाहा हुन्छ । सन्तानको लालन पालन र अनुशासनमा ख्याल नगर्ने बाबु आमा पशु समान हुन् । कुनै पनि ब्यक्तिका सन्तान संस्कारी छैनन् र गलत काम गर्छन् भने त्यस्तो ब्यक्तिले समाजमा अपमानित महसुस गर्नु पर्छ । छोरा छोरीको राम्रो भविष्यको लागि सन्तानको सँधै ख्याल गर्नुस् ।

 

5 things never to do in life

२ लोभ
धनी वा पैसा भएर पनि घर परिवारको खर्चमा ध्यान नदिने र परिवारलाई आर्थिक सहयोग नगर्ने ब्यक्ति पनि समाजमा सम्मानित हुन सक्दैन । पैसा भएर पनि साथीभाइसँग सँधै लोभ देखाउने र खर्च गर्न भनेपछि मर्ने ब्यक्ति पनि अपमानको भागीदार हुन्छ ।

question of life

 

३ खर्चालु र अनावश्यक दानी

कतिपय ब्यक्तिमा पैसा नभएपनि आडम्बर देखाउने र नचाहिने स्तरमा दानी देखाउने समस्या हुन्छ । यस्ता ब्यक्तिले फजुल खर्चकै कारण अन्त्यमा अपमानित हुनु पर्छ ।

४ दुष्टको संगत
संगतको फल जीवनमा पर्छ । राम्रो संगत गरे राम्रो र नराम्रो संगत गरे नराम्रो परिणाम हात लाग्छ । कहिले काँहि गलत संगतकै कारणपनि केही फाइदा वा आनन्द भएपनि अन्ततः त्यसले अपमानित हुने अवस्थामा पुर्‍याउँछ । त्यसकारण खराव संगतबाट बँच्नुस् ।

५ अरुको अहित नगर्नुस्
मानिसहरु आफ्नो स्वार्थ पुरा गर्न अरुको कुभलो गर्न समेत तयार हुन्छन् । कतिपय मानिसहरु केही समय अरुलाई दुःख दिएर रमाउँछन् पनि । तर यस्तो गर्दा तत्कालका लागि जस्तो सुकै परिणाम आएपनि त्यसले अन्त्यमा अपमानित हुने स्थानमै पुर्‍याउँछ । अरुको कुभलो नसोंच्नुस् ।

 

यो पनि हेर्नुस् 

जीवनमा कसैलाई पनि भन्न नहुने ४ कुरा

जीवनमा लुकाउनै पर्ने ५ कुरा, नत्र पर्छ जीवन धरापमा

जीवनमा सफलताका ३ अचुक शुत्र