समुन्द्र शास्त्रका अनुसार कुनै पनि ब्यक्तिको स्वभाव शरीरका अंगबाट थाहा पाउन सकिन्छ । यहाँ मानिसको कानले बताउने ब्यक्तित्वबारे चर्चा गरिएको छ । कान मानिसको चौथो ज्ञान इन्द्रिय हो । कानको एक भाग बाहिर देखिए पनि ठूलो भाग भने शरीर भित्र नै हुन्छ ।

कस्ता कान हुनेको ब्यक्तित्व कस्तो ?

साना कानः जसको कान साना आकारका हुन्छन् त्यस्ता ब्यक्ति बलिया र शक्तिशाली हुन्छन् । यस्तालाई विश्वास पनि गर्न सकिन्छ । साथै यस्ता ब्यक्तिले कला क्षेत्रमा रुची राख्छन् । यिनीसँग केही माग्दा दिन कन्जुस्याइँ गर्दैनन् ।

ear signs

ठूला कानः ठूला आकारका कान हुने ब्यक्ति विचारशील र कर्मठ स्वभावका हुन्छन् । ब्यवहारिक र समयको ख्याल गर्ने स्वभावका हुने भएका कारण यिनीहरुले कार्यस्थलमा सँधै प्रसंसा पाउने हुन्छ । यस्ता ब्यक्ति ब्यवस्थित हुन्छन् ।

चौडा कानः कुनै पनि ब्यक्तिको कान चौडा आकारको छ भने यस्ता ब्यक्ति सुखी र सुविधाभोगी हुन्छन् । यिनीहरुले जीवनमा सुख काट्छन् कुनै कमी हुँदैन । तर स्वभाव भने अवसरबादी हुन्छन् ।

एकदम साना कानः
यदि कुनै ब्यक्तिका कान सामान्य भन्दा पनि एकदम साना छन् भने यस्ता ब्यक्तिको स्वभाव चन्चल हुन्छ । यस्ता ब्यक्ति अध्यात्मिक र भगवानमा विश्वास गर्ने खालका हुन्छन् । यिनीहरु धोकेवाज हुने स्वभाव पनि हुन्छ ।

ear signs 1

दविएका कानः कुनै पनि ब्यक्तिको कानकोबीचमा केही भाग दविएको छ भने त्यस्ता ब्यक्ति अपराधी हुने समुन्द्र शास्त्रको भनाइ छ ।

यो पनि हेर्नुस्

धनी हुनेहरुका हात यस्ता हुन्छन्

पुरुषलाई यस्ता महिला सबै भन्दा मन पर्छन्