perfumeमानिसले पर्फ्युम प्राय बास्नादार हुनका लागी तथा शरिरमा आउने पसिनाका कारण शरिरमा निस्कने गन्ध हटाउनका लागी प्रयोग गर्छन् । बजारमा पनि बास्नादार पर्फ्युम र बडि स्प्रेको निकै नै बर्चस्व रहेको पाइन्छ । प्राय हामीले थाहा पाएका सबै पर्फ्युम बास्नादार नै हुन्छन् ।
तर तपाई हामीमध्ये सायद निकै कमले मात्र गन्हाउने पर्फ्युमका बारेमा सुन्नु भएको छ होला । हो सबै मानिसलाई आफू बास्नादार भएर हिड्न मन नलाग्न सक्छ । मुर्दाबाट जस्तो प्रकारको गन्ध आउँछ त्यस्तै प्रकारको गन्ध लिएर हिँड्ने मानिसहरूको सपना नै हुन सक्छ । त्यसका लागी एक कम्पनीले गन्हाउने खालको पर्फ्युमको उत्पादन गरेको छ । यस्तै सोचाई राख्ने मानिसहरुका लागि अचम्मको पर्फयुम बनाउने कम्पनी ‘डेमेटर’ले ‘जम्बी फर हिम–हर’ नामक सडेको गन्हाउने पर्फ्युम दुवै महिला र पुरूषका लागि बजारमा ल्याएको छ ।
पुरूषहरुको लागि बनाइएको पर्फयुममा सुकेको पात, ओसिलो लेउ, च्याउको गन्ध मिसाइएको छ जसलाई छर्किनाले मरेको मानिसहरुजस्तो गन्ध आउने गर्दछ । महिलाहरुको जम्बी पर्फ्युम पुरुषहरुको भन्दा अलि नरम हुन्छ । सडेको गन्हाउछ तर त्यति सस्तो भने छैन । सानो जम्बी पर्फ्युमको २० डलर पर्छ भने त्योभन्दा अलि ठूलोको ३९.५० डलर पर्छ ।