coupleयदी तपाई भर्खरै नयाँ रिलेशनसिपमा हुनुहन्छ र उक्त रिलेशनसिपलाई थप अगाडि बढाउन चाहनुहुन्छ भने केही कुराहरू विषेश रूपले विचार गर्नुपर्ने हुन्छ । विषेशगरी आफ्नो पार्टनरको विषयमा कमेन्ट गर्ने क्रममा ध्यान दिनुपर्ने हुन्छ । तपाईले गर्ने कमेन्टका कारण पनि तपाईको सम्बन्धमा तगारो आउन सक्छ । त्यसैले कमेन्ट गर्ने क्रममा निकै विचार गरेर मात्र कमेन्ट गर्नु रिलेशनसिपलाई लामो समयसम्म टिकाउनु उपयुक्त हुन्छ ।

 

अनुसन्धानहरूबाट के पत्ता लागेको छ भने केही यस्ता कमेन्टहरू छन् जसले तपाईको रिलेशनसिप नै धरापमा पर्न सक्छ । त्यसैले यस्ता कमेन्ट गर्नबाट जोगिनु फाइदाजनक हुन्छ । थाहा पाऔ केही यस्ता कमेन्टहरू जसले सम्बन्धलाई संकटमा पार्न सक्छ…

 

 

– तिमीले यो काम नगर्दा राम्रोः नयाँ सम्बन्धमा आफ्नो पार्टरनलाई उनीहरूको खानपिनमा कहिल्यै पनि रोकटोक लगाउन हुँदैन । यदी कुनै चीज खाईरहेकी छिन् भने उनलाई उक्त खानेकुरा खानबाट रोक्नु हुँदैन । यति मात्र नभई उनको तौल बढेको अवस्थामा पनि यस्ता विषयमा उनीसँग बहस गर्नु राम्रो मानिदैन । यसले तपाइको सम्बन्धमा निकै खराब असर पर्न सक्छ । तपाई आफ्नो पार्टनर स्वस्थ र सुन्दर भएको हेर्न चाहनुभएपनि सुरूवाती अवस्थामा उनीहरूलाई सकेसम्म यस्ता कुरामा रोकटोक गर्नु राम्रो हुँदैन । तर, फरक तरिकाले उनीहरुलाई उक्त कार्यका लागि रोक लगाउने उपाय भने गर्न सकिन्छ ।

 

– तिम्रो तौल बढ्योः तपाईले आफ्नो सम्बन्धलाई कायम राख्नका लागि तपाईको पार्टनरलाई उनको तौल बढेको कुरा सकेसम्म नगर्नु राम्रो हुन्छ । तपाईले कहिल्यै पनि तौल बढेको विषयमा अनावश्यक कमेन्ट गर्नु राम्रो मानिन्न । उनको तौल खानेकुराले नभई अन्य कारणले पनि बढेको हुन सक्छ । कुनै स्वास्थ्य समस्याका कारण उनको तौल बढेको हुनसक्छ जुन कुरा तपाईलाई उनले नभन्न पनि सक्छिन् । कसैको तौल थाइर्वाइडका कारण पनि बढ्ने गर्छ ।

 

– तिमीले यो खानेकुरा नखाऊः यदी तपाईको पार्टनरले अस्वस्थ खानेकुरा खाइरहेकी छिन् भने यसका सम्बन्धमा अनावस्यक कमेन्ट नगर्नु राम्रो हुन्छ । सबैभन्दा राम्रो के हुन्छ भने तपाईले आफ्नो पार्टनरलाई कुनै कमेन्ट नगरी स्वस्थ खानेकुरा खुवाउन पहल गर्नु । उनलाई सकेसम्म यस्ता खानेकुराले शरिरलाई स्वस्थ राख्न सकिन्छ भनेर सम्झाउनु राम्रो हुन्छ ।

 

– तिमीले धेरै खायौः कसैको बानी नै हुन्छ की खानेक्रममा अर्काको खाने बानी र मात्राका सम्बन्धमा कमेन्ट गर्ने तर, यो बानीले सम्बन्धमा भने नराम्रो अवस्था सिर्जना गर्न सक्छ । लामो समयसम्म सम्बन्ध स्थापित गर्नका लागि यस्ता बानी पनि हटाउनु राम्रो हुन्छ । खानेकुरा खाने समयमा सकेसम्म आफ्नो पार्टनरलाई उनले खाएको खाना धेरै भयो भनेर कमेन्ट गर्नु राम्रो हुँदैन । यसले उनलाई नराम्रो लाग्न सक्छ ।