१६ फागुन, एजेन्सी।

ओस्कारको लागि छनोटमा परेको फिल्म ‘लायन’मा सारुको भूमिका गर्ने सनी पवारले निकै चर्चा बटुलेका छन्।

सनीले यो फिल्ममा देव पटेलको सानोको भूमिका निभाएका थिए। देव पटेल लायन फिल्मको लागि उत्कृष्ट सहायक नायकको विधाको लागि ओस्कार अवार्डको छनोटमा परेका थिए।

फिल्म ‘लायन’ सनीको पहिलो फिल्म हो। यसो फिल्ममा अभिनय गर्दा उनी केवल ६ वर्षका थिए।

सनी अहिले अर्को फिल्म ‘लव सोनिया’मा पनि काम गर्दैछन्।

८९ औँ ओस्कारमा सहभागी हुन पुगेका उनी जता जाँदा पनि आफुसंगै एक अनुवादक पनि संगैलिएर हिडेको बीबीसी लेख्छ। अरुले बोलेको अनुवादकले उनलाई हिन्दीमै बुझाउथे अनि सनी पनि हिन्दीमै जवाफ दिन्थे।

‘लायन’ को मुख्य कलाकार देव पटेलसंग सनी

ओस्कारको रेड कार्पटेमा उनी ८ वर्षका सबैभन्दा प्यारो कलाकारको रुपमा कहलिए।


नायिका निकोल किडम्यान संग सनीअंग्रेजी नजान्ने यो ठिटो ओस्कारमा कसरी पुग्यो ?

यो पढ्नुस।

८९ औँ ओस्कार अवार्ड कार्यक्रम, हेर्नुस् १९ तस्बिरमा