छोटो अवधिको लागी मात्रै देखिएका भएपनि केही नायिकाहरुले बलिउडमा आफ्नो सौन्दर्यताले धेरै नाम कमाएका छन्। उमेर नपुग्दै मृत्यु भएका यी बलिउडका नायिकाहरुले मृत्यु पछि पनि आफ्नो नाम गुञ्जने गरि बलिउडमा सुन्दरताको छवी फैलाएका थिए।

मानसिक चिन्ता, रोग र आत्महत्या जस्तो धेरै कारणहरुले यि नायिकाहरुको मृत्यु भएको थियो। हेरौँ बलिउडको संसारमा चाँडै मृत्यु हुने सुन्दर नायिकाहरुको यो सुची,

१. दिव्या भारती

divya bharatiआत्महत्या वा दुर्घटना? दिव्या भारतीको मृत्युको कारण आजसम्म पनि थाहा भएको छैन। सन् १९९० साल तिरको सबैभन्दा चर्चित कलाकार को मृत्यु ५ अप्रिल १९९३ मा भएको थियो। राति ११:४५ बजेको बेला, मुम्बईको वर्सोवामा दिव्या भारतीको आफ्नो अपार्टमेंटको पाँचौ तलाबाट खसेर मृत्यु भएको थियो।

अचानक भएको यस मृत्युको अनिश्चतामा धेरै प्रतिक्रिया आएको थियो। कसैले मृत्युको कारण दुर्घटनाबस खसेर भएको भनेका थिए भने कसैले षडयंत्र गरेर हत्या गरिएको विचार पनि राखेका थिए। मृत्यु हुँदा उनि १९ वर्षकी मात्र थिईन्।

२. सिल्क स्मीता

silk smithaबलिउडमा ठुलो सफलता पाएको चलचित्र ‘द डर्टि पिक्चर’मा मुख्य पात्रको भुमिकामा रहेकि विद्या बालनले सिल्क स्मीता कै रोल गरेकी हुन। गरिब घरानकी सिल्क बलिउडको सबैभन्दा सफल नयिकाहरुमा पर्छिन। उनि साउथकी नायिका थिईन् जसको बलिउड करियर १७ वर्षसम्म रहेको थियो।

२३ सेप्टेम्बर, १९९६ को दिन उनि आफ्नो अपार्टमेंटमा मृत अवस्थामा फेला परेकी थिईन्। मृत्युको कारण अहिले सम्म थाहा नभएपनि चलचित्र निर्माताको रुपमा र प्रेममा सफल हुन नसकेको र रक्सी सेवनको कारणले उनको मृत्यु भएको धेरैको विश्वास छ। मृत्यु हुँदा उनि ३५ वर्षकी थिईन्।

३. जिया खान

jiah khanनायिका जिया खानले सन् २००७मा अमिताभ बच्चनको चलचित्र ‘निशब्द’बाट आफ्नो बलिउड करियर सुरु गरेकी थिईन्। तर चलचित्र संसारमा जिया खानले खासै सफलता प्राप्त गर्न सकिनन्।

चलचित्र र प्रेम जिवनमा असफलता मात्र पाएकी जियालाई धेरै मानसिक चोट पुगेको थियो। २५ वर्षको उमेर रहेकी जियाले आफ्नै अपार्टमेंटमा आत्महत्या गरेकी थिईन्। उनको मृत्यु ३ जुन, २०१३ मुम्बईको अपार्टमेंटमा भएको हो।

४. सौन्दर्य

soundaryaसाउथकी नायिका सौन्दर्यको मृत्यु हवाईजहाज दुर्घटनामा भएको थियो। आन्ध्रा प्रदेशमा भारतिय जनता पार्टीको एक अभियानमा सामेल हुन जाँदै गरेको बेला प्लेन ब्याङ्लोर नजिक पुग्दा दुर्घटनामा परेको थियो।

उनको मृत्यु अप्रिल १७, २००४ मा त्यहि दुर्घटनाले भएको थियो। १०० भन्दा बढि चलचित्रमा खेलिसकेकी सौन्दर्यले त्यति बेला भर्खरै साउथमा चलचित्र निर्माताको काम सुरु गरेकी थिईन्। मृत्यु हुँदा उनको उमेर ३२ वर्षको थियो।

५. स्मिता पाटेल

smitha patilबलिउडको ईतिहासमा स्मिता पाटेल सबैभन्दा प्रतिभाशाली नायिकाहरु मध्ये एक पर्छिन। उनको केहि सफल चलचित्रहरु मंथन, भुमिका, मिर्च मसाला हुन्। राज बब्बरसँग विवाहित स्मिताको शिशुजन्ममा बाधा भएकोले मृत्यु भएको थियो।

३१ वर्षको उमेर पुगेकी स्मिताको मृत्यु १३ डिसेम्बर, १९८६मा भएको हो। उनको छोरा, प्रतिक बब्बरले पनि सन् २००८मा बलिउडमा करियर सुरु गरेका छन्।

६. मधुबाला

madhubalaमुम्ताज जेहन बलिउडमा मधुबालाको नामले चर्चित छिन्। उनी भारतिय सिनेमाको पुरानो क्लासिक चलचित्रहरुमा भुमिका गर्ने गर्दथिईन्। नार्गिस र मिना कुमारीजस्तै उनी पनि भारतिय चलचित्रको प्रभावशाली व्यक्तित्वको रुपमा चिनिने गर्छिन्। १८ वर्षको करियरमा उनी भारतिय सिनेमाको सबैभन्दा लोकप्रिय नायिका हुनुको साथै सबैभन्दा सुन्दर नायिका पनि थिइन।

जन्म देखि नै ‘भेन्ट्रिक्युलर सेप्टल’ अर्थात मुटुमा असामान्य प्वाल भएको कारण उनि धेरै लामोसम्म बिरामी रहेकी थिईन। यसैकारण मधुबालाको मृत्यु २३ फेब्ररी, १९६९मा ३६ वर्षको उमेरमा भएको थियो।

यो पनि पढ्नुहोस्।

बलिउडका ११ अविवाहित हट नायिकाहरु (फोटो फिचर)

मोटी तर सुन्दरी बलिउड नायिकाहरु (फोटो फिचर)

बलिउडका सर्वाधिक सफल ८ अभिनेत्री (फोटो फिचर)