Vidya and Hema Malini

भारत सुन्दरीहरुका लागि उर्वर भूमि मानिन्छ । भारतीय सुन्दरीहरुले थुप्रै फटक विश्व सुन्दरीको उपाधि पनि हात पारेका छन् ।

बलिउडमा पनि मुमताज देखि हेमा मालिनी वा श्रीदेवी सम्मका सुन्दरी नायिकाहरुले राज गरे ।

सुन्दरी हुन जिउ डाल मिलेको र स्लिम हुनु पर्ने मान्यता भएपनि बलिउडमा कतिपय यस्ता सुन्दरीहरु पनि छन् जो हेर्दा मोटा भएपनि मादक र सुन्दरी छन् ।

ममता कुलकर्णी

mamta

 

90 को दशकमा चर्चित मानिने ममता कुलकर्णी सबैभन्दा सेक्सी अभिनेत्रीकोरुपमा समेत चिनिन्‍थिन् । उनलाई सबैभन्दा बढी सेक्स अपिल भएकी नायिका पनि भन्ने गरिन्थ्यो । तर आश्चर्यको कुरा मोटी ममताको बजन उनको समयका कुनै पनि अभिनेत्री भन्दा बढी थियो ।

जिरो फिगरको प्रतिस्पर्धामा रहेका समकालीन कतिपय अभनेत्रीले समेत ममताको यो विरासत धानिरहेको देखिन्छ ।

शत्रुघ्न सिन्हाकी छोरी सोनाक्षी सिन्हा

sonakshi sinha

शत्रुघ्न सिन्हाकी छोरी सोनाक्षी सिन्हा पनि मोटी अभिनेत्रीमा गनिन्छन् । तर उनको सुन्दरताका फ्यानहरुको कमि छैन । सोनाक्षीको मोटो पनको विषयमा बलिउडमा जोक समेत बनेका भएपनि उनी सुन्दरी अभिनेत्रीको सूचीमै समावेश छिन् ।  

प्रियंकाकी बहिनी परिणिती चोपड़ा

parniti-chopra

प्रियंका चोपड़ा विश्व सुन्दरी मात्र होइनन् अभिनयमा पनि उत्तिकै जोडदार मानिन्छिन् । तर भर्खरै बलिउडमा प्रवेश गरेकी उनकी बहिनी परिणिती चोपड़ालाई भने मोटी नायिकाको रुपमा लिइन्छ । तर पनि उनको पनि अभिनय र सुन्दरताको चर्चा हुने गरेको छ ।

आयशा टाकिया

 

ayesaha-takia

बलिउडमा मोटी अभिनेत्रीकोरुपमा चिनिनेमा आयशा टाकिया पनि एक हुन् । आयशा टाकियाको शरीर विन्यास साउथका अभिनेत्रीको जस्तो देखिन्छ । तर पनि मोटी भएरै आयशामा सेक्स अपिल छ ।

हुमा कुरैसी

huma-qureshi

 

 

पछिल्लो पुस्ताका अभिनेत्रीमा हुमा कुरैसी पनि मोटी तर सुन्दरी नायिका मानिन्छ । उनी ग्याङ्स अफ वासेपुर पछी माधुरी दिक्षक्षीतसँगको डेढ इश्कियाबाट पनि चर्चामा छिन् । 

madhuri-Juhi

मोटी हिरोइनको सूचीमा विद्या बालन, श्रीदेवी तथा रानी मुखर्जी समेत पर्ने गरेको छन् । माधुरी दीक्षित पनि अव स्लिम अभिनेत्री रहीनन् । यद्धपी उनीमाथि मोटीको ट्याग भने लागेको छैन ।