२४ साउन, काठमाडौं । वीर अस्पतालमा अनियमित तरिकाले कर्मचारी भर्ना गरिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्र पठाएपछि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सका उपकुलपति डा. दामोदर पोखरेल र अस्पतालका निर्देशक बुलन्द थापा तीनसातादेखि कार्यालय आएका छैनन् ।

अख्तियारले कर्मचारी भर्ना, लेखापरिक्षण, अस्पताल सेवा लगायत विषयमा दर्जन प्रश्न राखेर साउन १ मा जवाफ मागेको थियो । त्यसयता न्याम्सका उपकुलपति पोखरेल र अस्पतालका निर्देशक डा. थापा कार्यालयमा जानकारी नै नदिई बेखबर रहेको नागरिक दैनिकले खबर छापेको छ ।