२८ साउन, काठमाडौं । सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय रहेको टंगाल आसपासका क्षेत्रमा प्रदर्शन गर्न रोक लगाउँदै निषेधित क्षेत्र तोकिएको छ ।

13978285_1130190290351721_374244278_o

आज बसेको जिल्ला सुरक्षा समितिको बैठकको सिफारिस अनुसार निषेधित क्षेत्र तोकिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ । अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्ध केही सयम यता प्रदर्शन भैरहेपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले आजैदेखि लागू हुनेगरी निषेधित क्षेत्र तोकिएको हो ।

एकनाथ ढकालको चेतावनी- प्रचण्ड अल्पमतमा पर्न सक्छन्

क्षेत्राधिकार नाघेर अघि बढेको र स्वास्थ्य लगायतका विभिन्न क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको भन्दै कार्की विरुद्ध प्रदर्शन हुँदै आएको छ । जिल्ला प्रशासनले नक्साल आसपासका चारैतर्फ निषेधित क्षेत्र तोकेको छ । पूर्व विशालनगर र हाँडीगाउ जाने चोक तथा गहना पोखरीसम्म, पश्चिममा गैह्रीधाराचोक, उत्तरमा गणेश मन्दिर नजिकको धारा र दक्षिणमा बालमन्दिरचोक सम्म निषेधित क्षेत्र तोकिएको छ ।

बाँदरलाई पनि गर्भनिरोधक चक्की !

अख्तियारको कार्यालय र प्रहरी मुख्यालय रहेकोले त्यस क्षेत्रमा प्रदर्शन गर्न रोक लगाइएको काठमाण्डौका सहायक प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद भट्टराईले जानकारी दिए ।