२८ साउन, रत्ननगर (चितवन)।
चितवनको रत्ननगरमा आज एक युवाको रहस्यमयरुपमा मृत्यु भएको छ ।

आज बिहान आफ्नै घरमा झुन्डिएको अवस्थामा स्थानीय २५÷२६ वर्षका विप्लव देवकोटाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

आज बिहान करिब ३ः३० बजेको समयमा रत्ननगर नगरपालिका–११ जिरौनाका देवकोटाको आफ्नै घरको माथिल्लो तलामा झुन्डिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

उनको शवलाई अहिले परीक्षणका लागि भरतपुर अस्पतालमा ल्याइएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । रासस