इङ्ल्याण्ड स्थित स्टाफोर्डसाएरमा बस्ने इमा पोस्टलेथवेटको हातमा १६७ ग्रामको अण्डा थियो। घरमै पालेको कुखुराले सामान्य भन्दा ठुलो अण्डा पारेपछि कस्तो होला भित्र भन्दै फुटाउन लागिन।

Image201512471334

अण्डा फुटाएर अम्लेट बनाउन फ्राइङ प्यानमा राखिन, अण्डा भित्रको पहेँलो र सेतो भाग फ्राइङ प्यानमा खस्यो। साथ साथ अण्डा भित्रबाट अर्को सग्लो अण्डा समेत निस्कियो। निस्केको सो अण्डा पनि सामान्य नै भेटियो।

egg inside egg (1)

कुखुराको अण्डामा भेटिने यस्तो दुर्लभ घटना पहिलो पटक भने होइन। सन् १२५० मा नै अल्बर्ट म्याग्नसले आफ्नो किताब ‘डे एनिमालिबस’ मा यो कुरा उल्लेख गरिसकेका थिए। त्यस पश्चात कुखुराले पार्ने गरेको असामान्य आकारको अण्डा भित्र अर्को अण्डा भेटिएको थुप्रै उदाहरण छन्।

egg inside egg (2)

कुखुराले एउटा अण्डा तयार पार्दै गर्दा दोस्रो अण्डा पनि संगसंगै बन्दा यसरी अण्डा भित्र अण्डा बन्न पुगेको हो।

यसरी पहिले पनि अण्डा भित्र अण्डा भेटिएको भिडियो हेर्नुहोस्,

यो पनि पढ्नुस्।

तालको पानीमा श्राप, ढुङ्गामा परिणत भए पानी खाँदा (तस्बिर सहित