प्रयास पराजुली । काठमाडौं ।

गाउँ घरमा उखान नै छ–छोरी कुटेर बुहारी तर्साउने । घरमा सासुले रिस पोख्नु पर्‍यो भने कुटनीतिक ढंगले छोरीलाई कुटेपछि बुहारी तर्सने मुल्य मान्यता कायमै छ । अहिले भारतले पनि सोही उखान चरितार्थ गर्ने गरी भारतको विरोध गर्नेहरुलाई छानबिन अख्तियार दुरुपायोग अनुसन्धान आयोग लगाएर तह लगाउने नयाँ रणनीति बनाएको चर्चा शुरु भएको छ ।

खासगरी भारतको हस्तक्षेप स्वीकार नगर्ने र भारत विरोधी भनेर छवि बनाएकाहरुमाथि अख्तियारको आँखा परेपछि एमाले र एमाओवादीभित्र यस्तो बहस शुरु भएको हो । भारतको नाकाबन्दीका विरुद्ध प्रधानमन्त्री केपी ओली एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कडा प्रतिवाद गर्दै आएका छन् । उपपधानमन्त्रीद्धय चित्रबहादुर केसी र सिपी मैनाली भारतको विरुद्ध दिएको अभिव्यक्तिलाई लिएर भारतीय दुतावासले खण्डन नै गरिसकेको छ ।

भारतले भने अनुसारको काम गर्न सरकार र प्रमुख दलहरु तयार नभएपछि भारतले नयाँ कार्ड प्रयोग गर्न थालेको भन्दै एमाओवादी र एमाले भित्र अख्तियार प्रमुखसँग कसरी डिल गर्ने भनेर बहस शुरु भएको छ । एमाले नेताहरुले भारतसँग राम्रो सम्बन्ध रहेका र दिल्लीले मन पराएका अख्तियार प्रमुखलाई महाअभियोग लगाएर फाल्नु पर्नेबारे छलफल थालेपनि ओली र माधव नेपाल गुटबीच यो कुरा मिल्न नसकेको बताइएको छ । पत्र काटिएकामा एमालेका माधव पक्षधर नेताहरु बढि परेका छन् ।

Prachanda KP Oli talking

अख्तियार दुरुपयोग अनुसन्धान आयोग मार्फत संवैधानिक रुपमा नै एमाले, एमाओवादी र भारतको विरोध गर्नेहरु सिध्याउने भारतको योजना अनुसार अख्तियारले छानबिनको लागि पत्र काटेको छ । अख्तियारले शीर्ष नेताहरुलाई त पत्र काटेको छैन । तर सांकेतिक रुपमा शीर्ष नेतृत्वलाई असर पुग्ने गरी पत्र काटेको छ । भारतको योजना अनुसार अख्तियारले पत्र काटेपछि नेपालको राजनीतिमा तरंग पैदा भएको हो । अख्तियारले सम्भवत राजनीतिक दलका नेताहरुलाई ठूलो संख्यामा एकै पटक पत्र काटेको पहिलो पटक हो । २९ जनालाई पत्राचार गरेपछि एमाले र उमाओवादीका नेताहरुलाई टाउको दुखाइको विषय बन्न पुगेको छ ।

अख्तियारको पत्रले ओली–प्रचण्डलाई तनाब
भारतले विरुद्ध खरो रुपमा उत्रिएका प्रधानमन्त्री ओली र एमाओवादी अध्यक्ष प्रचण्डलाई पत्र नकाटेपछि पार्टीका नेताहरुलाई अख्तियारले पत्र काटेपछि टाउको दुखाईको विषय बन्न पुगेको छ । तराई मधेसको आन्दोलन र भारतको नाकाबन्दीको कारण तनाबमा रहेका ओली र प्रचण्ड अख्तियारको पत्रले झन तनाबमा परेका छन् । एमाले र एमाओवादीका नेताहरुलाई काटिएको पत्र ओली र प्रचण्डसंग जोडिएको छ ।

दिल्लीबाट फर्केपछि ओली र कमल थापाको टकराव !

प्रचण्ड निकट र चीनसँग राम्रो सम्बन्ध भएका एमा‌ओवादी महासचिव कृष्ण बहादुर महरालाई पत्र काटनु सिधै प्रचण्डसंग गएर जोडिएको छ । एमालेका नेताहरुलाई पत्र काटिए पनि ओलीसंग गएर जोडिएको छ । भारत विराधी अभिव्यक्ति दिएकै कारण उनीहरुलाई तह लगाउन भारतले वैधानिक रुपमा अख्तियार अगाडि सारेको छ । यस विषयलाई लिएर प्रधानमन्त्री ओली र प्रचण्डको बीचमा छलफल समेत भएको छ । ओली र प्रचण्डले भारतको योजना अनुसार पत्र काटिएको निष्कर्ष समेत निकालेको स्रोतले बतायो । भारतविरुद्ध उग्र बोलेका माले महासचिव सीपी मैनालीलाई पनि उनकी पत्नि निलम केसीलाई पत्र काटेर साइजमा ल्याउन खोजिएको छ ।

गलत पुष्टी गर्न महराको चुनौती
नेपाली हेडलाइन्ससँग कुरा गर्दै एमाओवादी महासचिव महराले आफ्नो राजनीतिक छवि विगार्न समयमा समयमा आफूमाथि प्रहार हुने गरेको र अख्तियारको पत्रबारे पछिल्लो पटक प्रकाशित समाचार त्यसकै एक अंग भएको प्रतिक्रिया दिएका छन् ।

Krishna Bdr Mahara

फाइल तस्बिर

आफू कुनै अनियमिततामा संलग्न नभएकाले अख्तियारले छानविन गर्ने चर्चाले आफूलाई खासै फरक नपर्ने उनले बताए । यस अघि पनि राजनीतिकरुपमा प्रेरित भएर यस्ता गतिविधी भएको र अख्तियारको छनाविन भनेर गरिएको चर्चा यसकै पछिल्लो कडी भएको उनको भनाइ छ । नेता महराले बुझाएको सम्पति विवरणको बुँदाबारे स्पष्ट पार्न भन्दै चिठी प्राप्त भएको जानकारी दिँदै आफूमाथि कुनै अनियमितता पुष्टी गर्न खुला चुनौती पनि दिएका छन् ।

भारत विरोधी कनकमणि समेत निशानामा
भारतीय नाकाबन्दी विरुद्ध शुरु देखि नै चर्को अभिब्यक्ति दिँदै आएका र अन्तराष्ट्रिय सञ्चार माध्यममा आलेख समेत प्रकाशित गरिररहेका बरिष्ठ पत्रकार एवं लेखक तथा साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितलाई पनि अख्तियार कर्मचारीले पत्र थमाएका छन् । साझा यातायात अध्यक्षको हैसियतमा उपस्थित हुन अख्तियारले दीक्षितलाई पत्र काटेको छ ।

Kanakmani vs Modi

अख्तियारले बुझाइएको सम्पत्ति विवरणमा जाँचबुझ गर्ने प्रक्रिया सामान्य र नियमित रहेको बताएपनि भारत विरुद्ध बोल्नेहरुलाई तह लगाउने गरि पछिल्लो कदम आएको आलोचकहरुको भनाइ छ । अख्तियारको प्रमुख आयुक्तमा लोकमानसिंह कार्की नियुक्त भएदेखि अख्तियारका हरेक जसो अनुसन्धान विवादको घेरामा तानिएका छन् ।

Kanakmani on Akhtiyar letter

दिल्लीले मन पराएका भनिएका कार्कीले मन परेका ठूला भ्रष्टाचारीलाई नछुने र मन नपर्ने तथा आलोचकलाई कारवाही थाल्नुले उनीमाथिको आलोचना बढ्ने देखिएको छ ।

देखाउनका लागि केही मिसाइयो
अख्तियारले छानविन गर्न बोलाएकोमा नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्का समेत परेका छन् । तर उनले सफाइ पाउने निश्चित रहेको श्रोत बताउँछ । गोपाल खड्का लगायत अन्य केहीलाई मिसाएर छानविन पूर्वाग्रहरहित रहेको देखाउन मात्र खोजिएको तर भारत विरोधीहरुलाई तह लगाउने रणनीति भएको एमाले र एमाओवादीका नेताहरुको दावी छ । चीनबाट इन्धन ल्याउन रोक्न खोजेका र बिराट पेट्रोलियमलाई भारतबाट महंगो मूल्यमा इन्धन ल्याउन राज्यको करोडौं पैसा दिएका आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्का अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीका नातेदार हुन् ।

आपुर्तिमन्त्रीमाथि किन खनियो अख्तियारः गोपाल खड्का कनेक्सन ?

एमाओवादीमा आपुर्ति मन्त्री पुनलाई असयोग गर्दै करोडौं कुम्ल्याउन खोजेको आरोप लागिसकेका उनले आपुर्तीमन्त्रीलाई असयोग गरिरहेको निगम भित्रका कर्मचारी नै बताउँछन् । आफूलाई आपुर्ति मन्त्रीले मात्र नभएर प्रधानमन्त्री केपी शर्मा ओली र एमाओवादी अध्यक्ष प्रचण्डले समेत छुन नसक्ने भन्दै आफु मातहतका कर्मचारीलाई धम्काउने गरेको समेत श्रोतले बतायो । निहुँ खोजे अख्तियारको प्रयोग गर्ने भन्दै उनले घुमाउरो चेतावनी समेत दिने गरेको बताइन्छ ।

कांग्रेसका कुनै नेता परेनन्
भारतले योजना अनुसार कांग्रेसले आफनो गतिविधि अगाडि बढाइरहेको छ । प्रधानमन्त्री निर्वाचनमा उम्मेदवार हो कि संविधान संशोधन प्रक्रिया अगाडि बढाउने अडानमा होस । कांग्रेस प्रत्यक्ष रुपम जोडिएको छ । भ्रष्टाचार गर्ने नेताहरुको कांग्रेसमा पनि कमी छैन । तर यस पटक अख्तियारले काटेको पत्रमा कांग्रेसका कुनै पनि नेताहरु परेका छैनन् । अख्तियार प्रमुखलाई हटाउनको लागि संसदमा दुई तिहाई बहुमत चाहिन्छ । अभियोग लगाएर हटाउनको लागि कांग्रेस विना दुई तिहाई बहुमत पुग्दैन भन्ने हिसाब किताब गरेरै २९ जना नेतामाथि छानिबिन गर्ने भएको छ । एमाले र एमाओवादी लगायत भारत विरोध गर्नेहरु माथि छानबिन गर्ने भएपछि कांग्रेसलाई पनि हाइसञ्चो भएको छ । भारतले पत्र काटेपछि यसको प्रभाव कस्तो पर्छ भनेर हेर्न खाजेको छ । यो रणनीति सफल भएपनि अख्यितारले प्रधानमन्त्री ओली र प्रचण्डलाई समेत पत्र काटने तयारी गरेको उच्च स्रोतले बतायो ।