२३ वैशाख, एजेन्सी।

फ्रान्सले एनोरेक्सिया नामको रोग विरुद्ध लड्नको लागि एक नयाँ कानून पास गरेको छ। अब फेसन मोडलसंग डाक्टरबाट प्रमाणित सर्टिफिकेट हुनुपर्नेछ जसले स्वास्थ्यसंग जोडिएको हरेक जानकारी दिन सकोस्। जसमा बडि मास इन्डेक्सलाई महत्व दिइएको छ । बडि मास इन्डेक्स (BMI) उचाइ अनुसार आवश्यक तौल जाँच्ने तरिका हो।

यो पढ्नुस्: उचाईअनुसार कति तौल उत्तम हुन्छ? तपाईँ मोटो हुनुहुन्छ या दुब्लो, यसरी पत्ता लगाउनुहोस्…

अर्थात आवश्यक  भन्दा पातली मोडल अब फेसन कार्यक्रममा भाग लिन पाउने छैनन्।

फ्रान्स सरकारकी सामाजिक मुद्धा एवं स्वास्थ्य मद्धाकी मन्त्री म्यारिसल टुअरेनले यसबारेमा आफ्नो धारणा दिएकी छिन्।

स्ट्यान्डर्ड तथा बनावटी  तस्विरले अन्य युवाहरु डिप्रेशनको शिकार भएको र उनीहरुको आत्मविश्वासमा चोट पुगेको उनले बताएकी छिन्।

यो कानुनको पुरानो संस्करणमा न्युनतम बिएमआई निर्धारण गरिएको थियो, जसपश्चात मोडलहरुले प्रदर्शन गरेका पनि थिए।

तर अहिलेको नयाँ कानुनले बिएमआईको विषय डाक्टरलाई तय गर्ने अधिकार दिएको हो।

यो कानुनको उल्लंघन गर्ने कम्पनी माथी ७५ हजार यूरो जरिवाना र ६ महिनाको जेल सजाँय हुन सक्दछ।

फ्रान्स भन्दा पहिले इटली, स्पेन र इजरायलमा पनि यस्तो कानुन पास भइसकेका छन्।

फ्रान्समा एनोरेक्सियाबाट प्रभावितको सङ्ख्या ३०-४० हजार छ जसमा ९० प्रतिशत महिला छन्।

खानेकुराको अनियमिततालगायतको कारणले कम तौल हुनु, मोटाउन डराउनु र दुब्लै रहिरहनखोज्ने प्रवृतिको रोगलाई नै एनोरेक्सिया भनिन्छ।